२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

सन् २०२२ को कोरियाली भाषा परीक्षामा उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रका लागि उत्तीर्ण भएकी सिन्धुलीकी देवकुमारी रानाले हालै आफ्नो क्षेत्र परिवर्तन गर्न आवेदन दिएकी छन्। भूपरिवेष्टित देश नेपालमा जन्मिएकी र समुद्रमा नपुगेकी भए पनि आवेदन स्वीकृत भए अब एक महिनाभित्र उनी पानीजहाज बनाउने कम्पनीमा काम गर्न दक्षिण कोरिया पुग्नेछिन्।

Advertisement

“भाषा परीक्षामा पास त भइयो तर जागिरको ग्यारेन्टी नहुने रहेछ, अहिले ‘सेक्टर’ परिवर्तन गर्दा कोरिया पुग्ने अवसर बढी हुने बुझेपछि मैले पानीजहाज बनाउने कम्पनीतर्फ जान आवेदन दिएकी हुँ,” उनले भनिन्। “केटी मान्छेले पनि केटाले जस्तै जुनसुकै क्षेत्रमा काम गर्न सक्छन् जस्तो लाग्छ मलाई, त्यसैले पनि मैले ‘सेक्टर’ ‘चेन्ज’ गर्न खोजेको हो।”

गत वर्ष तेस्रो पटक भाषा परीक्षा पास गरेका र पहिले एक पटक कोरिया पुगेर उत्पादनमूलक क्षेत्रमै काम गरिसकेका म्याग्दीका पूर्णबहादुर थापाले पनि हालै ‘शिपबिल्डिङ’ अर्थात् पानीजहाज बनाउने कम्पनीमा काम गर्नका लागि आवेदन दिएका छन्। उनी भन्छन्, “पहिले हुन्डाई गाडी कम्पनीका लागि पार्टपुर्जा बनाउने कम्पनीमा काम गरेर सन् २०१७ मा नेपाल फर्किएको थिएँ। अब नयाँ क्षेत्र खुल्यो भनेपछि मलाई त्यसैमा जान मन लागेर निवेदन दिएको हुँ।”

‘शिपबिल्डिङ’ क्षेत्रमा नेपाली कामदार

सरकारी योजना अनुसार काम भएमा आगामी जुन महिनाको तेस्रो सातासम्ममा सिन्धुलीकी राना र म्याग्दीका थापाजस्तै सात सयभन्दा बढी नेपाली कामदारहरू कोरियाको ‘शिपबिल्डिङ’ क्षेत्रमा कामका लागि जानेछन्। नेपाली अधिकारीहरूले दिएको जानकारी अनुसार उनीहरूले त्यहाँ बढीमा सुरुका दुई महिनासम्म तलबसहित प्राविधिक तालिम प्राप्त गर्नेछन्। र, त्यसपछि नियमित कामदारका रूपमा जागिर पाउनेछन्।

“शिपबिल्डिङ क्षेत्रमा यसरी नेपाली कामदारहरू जान लागेको यो पहिलो पटक हो। हुन त पहिले म्यानुफ्याक्चरिङ क्षेत्रमा गएका केही कामदारहरूले शिपबिल्डिङमा पनि काम गर्नु भएको हुनसक्छ,” वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले भने।

उनका अनुसार हालसम्म कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा मात्र कामदार लिइरहेको थियो। यसपालि भने कोरियाले नेपालबाट करिब तीन हजार कामदारलाई पानीजहाज निर्माण क्षेत्रमा लिने भएको हो।

“यसपालि शिपबिल्डिङमा पनि लाने भनेर कोरियाबाट आयो। यो पहिलो पटक भएकाले हामीले म्यानुफ्याक्चरिङतर्फको ‘रोस्टर’मा भएकामध्ये एक हजार दुई सय १० जनालाई क्षेत्र परिवर्तनका लागि आह्वान गरेका थियौँ,” उनले भने। “त्यसमध्ये बिहीवारसम्म ७२६ जनाले क्षेत्र परिवर्तनका लागि आवेदन दिनु भएको छ।” ईपीएस शाखाका अनुसार यसरी क्षेत्र परिवर्तन गर्नका लागि शुक्रवारसम्मको समय दिइएको छ। –बीबीसी नेपाली

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता