ताजा अपडेट »

गुल्मीमा मोबाइल व्यवसायीहरु सङ्गठित

विहीबार, ११ जेठ २०८०, २० : ३०
6 Shares

गुल्मी । सम्बन्धित संघ संस्थाहरुको नेतृत्व संस्थाको रुपमा ‘गुल्मी मोबाइल व्यवसायी संघ’को तदर्थ समिति गठन भएको छ। गुल्मीको  सदरमुकाम तम्घास सहित जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशील मोबाइल व्यवसायीहरु  सङ्गठित  हुन  सुरु गरेका  छन  ।

बिहिबार व्यवसायीहरुको भेलाले मोबाइल  व्यावसायी संघको ११ सदस्यीय तदर्थ समिती  गठन गरेको छ ।  अध्यक्षमा  तिलक मरासिनी, उपाध्यक्ष नित्यानन्द पाण्डे, काेषाध्यक्ष सुरेश विक, सचिव गणेश पाण्डे,  सह सचिव मिना पाण्डेलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरु पदम जि सी, नारायण आचार्य,   कृष्ण आचार्य, नरेन्द्र खत्री, टेकु विसि र   झविनद्र पाण्डे चयन भएका छ्न्  ।

गुल्मीका विभिन्न क्षेत्रमा रहेर मोबाइल व्यवसाय गर्दै आएका व्यवसायीहरुको एकताबद्ध गर्ने उद्देश्यले संघ गठन गरिएको तदर्थ समितिका अध्यक्ष तिलक मरासिनीले  बताए  ।  उनले  मोबाइल व्यावसायिहरुको  व्यावसायिलाई  मर्यादित  ,  पारदर्शी र  ग्राहक  ठगिन बाट  बचाउन  पनि  संघले  भुमिका  खेल्ने  जनाएका  छ्न  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।