२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

गुल्मी । वर्षौ अघिदेखि गुल्मी सदरमुकाम तम्घास बजारको सडकमै पसल थापेर बस्नेहरु रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थीसँग चिडीएका छन् । कारण हो सार्वजनिक जमिन मिचेर बनाइएका ती संरचनामा डोजर चलाउनु । अब घरतिर पनि डोजर चलाउने हुनकी भन्ने त्रासमा छ्न्। मुख्य सडक छेउमा घर बनाउने, सडकलाई आँगन र दलान बनाएर वर्षौदेखि पसलका सामग्री राखेर सवारी साधन आवत जावतमा समस्या सिर्जना गरिँदै आएकोमा मेयर पन्थीले डोजर चलाएका छन् । हिम्मत गरेर सडक फराकिलो पार्ने काम सुरुकोप्रति अधिकांस ले ‘ठिक गरे’ भन्न सुरु गरेपछि बिरोधी स्वरहरु मत्थरिँदै  गएका छ्न् ।

Advertisement

तम्घासमा सडक छेउका मात्र होइन खोला छेउछाउको सार्वजनिक जमिन मिचेर घर टहरा बनेका छ्न् । अहिले सडकबाट अतिक्रमण विरुद्ध निर्मम बनेका पन्थीले अब खोला र अन्य सार्वजनिक जमिनतर्फ पनि डोजर चलाउने कुरामा यहाँका  बासिन्दा आशावादी हुन थालेका छ्न । झन्डै  चार करोड लागतमा तम्घास बजारका मुख्य  सडक पुन कालोपत्रे हुँदैछ ।  त्यसघि पन्थीले सडकका पुराना पोल तार हटाए। टेलिकम र  अन्य फाइबर ब्यबसयीले जथाभावी टागेका तारहरु हटाएर नयाँ पोल र तार टगाए। लगत्तै सडक फराकिलो बनाएर केही दिनयता बाघमारे तर्फबाट कालोपत्रे गर्ने कार्य सुरु भएको छ ।  सुरुमा नेकपा एमालेले जथाभावी जनताको  घरपेटी मनपरी ढङ्ग्ले  भत्काएको  भन्दै   बिरोध जनाएको  थियो। केही मानिस अहिले पनि  बिरोधमा छ्न् । तर पछिल्लो चरण बिरोधी स्वर कम र जे गरे ठिक गरे भन्ने स्वर बढी सुनिन थालिएको छ । एमालेबाटै वडाध्यक्ष जितेका  वडा-१ का रामप्रसाद पन्थी, वडा-८ का  निरन्जन काउछा समेत चौबिसै घन्टा  नगरपालिकाको अभियानमा खटेको देखिन्छ । जुन कुनै दलबाट जितेका जनप्रतिनिधिहरु  एकतन एकमन भएर लाग्नु सवल पक्ष  देखिएको छ ।

स्थानीय तहको गत निर्वाचनमा मेयर पदका  उमेदवार राजेन्द्र प्रसद पाण्डे भने सुरुदेखिनै  नगरपालिकाले मापदण्ड बिपरित घरका  पेटी भत्काइएको भन्दै बिरोध  जनाउँदै  आएका छ्न् ।  त्यसो त बुधबार अपरान्हदेखि साझ अबेरसम्म गुल्मीको सदरमुकाम तम्घासको मुख्य सडकपेटी भत्काउन सुरुगर्दा पनि पसलेहरुले  बिरोध जनाए । शहिदचोक नजिकका दुई पसलेहरु पसल अगाडि छाना र  पेटी  भत्काउन  जबर्जस्ति डोजर चलाएको भन्दै आक्रोसित थिए । उनिहरु आक्रोषित मात्रै भएनन् डोजरको बकेट मै आएर बसे। उनिहरुको आक्रोश थियो, हामीलाई आफै भत्काउने मौका नै नदिइ दादारी शैलिमा पसलको सटरनै भत्काउने गरि डोजर चलाइयो । केही बेर तम्घासको शहिदचोक  तनावग्रस्त बन्यो  ।

कोहि भन्दै थिए तम्घासमा बालेनको डोजर चल्यो, जहाँ खिलध्वज  पन्थीको डोनर चलेको थियो । जसरी बालेनले टुकुचा खोलामा डोजर चलाए त्यसरीनै तम्घासको टुकुचामा डोजर  चलाउने हिम्मत गरे बालेनले जस्तै स्याबासी खिलध्वज पन्थिले पाउने पक्का छ । अहिले  सडक पेटी भत्काउने जुन हिम्मत उनले गरे अब अतिक्रमित जमिनमा बनाइएका घर टहरामा पनि डोजर चलाउनै पर्ने उनमा चुनौती थपिएको छ  ।

वर्षौ अघिदेखखि गुल्मीको सदरमुकाम तम्घासका खोला तथा सार्वजनिक जमिनमा ठूला-ठूला घर ठडाइएको छ । कसैले  खोलामा आगन र दलान बनाएका छ्न्। २०६५ सालमा तत्कालीन माओबादी  नेता गिरिराज पाण्डे नगर  बिकास समिति अध्यक्ष छ्दा नाप-नक्सा गरी  प्रतिवेदन तयार पारेर साबिकको तम्घास गाबिसमा बुझाएका थिए । तर त्यो अहिले  गायव पारिएको पाण्डेको गुनासो छ ।

‘सडक  फराकिलो पार्ने क्रममा थुप्रै चुनौती आए’-मेयर पन्थी भन्छ्न,  ‘हामी  जस्तोसुकै चुनौतीको सामना गर्दै तम्घा बजार शौन्दर्यकरण  गर्ने  अभियानमा खटेका छौ ।’ उनले कसैसँग  पनि आग्रह-पूर्वग्रह नसाधी सार्वजनिक जमिन  सुदृढीकरणमा नियम अनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

मिडियामा प्रचारबाजी  गर्ने  मलाई रहर छैन,  उनले थपे  “मैले काम गरेर देखाउन चाहन्छु । रेसुङा विमान स्थानमा जहाज चढ्ने सपना पूरा  गरेका छौ । तम्घास अस्पतालमा विशेषज्ञ डाक्टर ल्यायौं । दीर्घरोगी लगायत डायलसिस  मेशिन ल्याइ  नि:शुल्क डायलसिस सेवा  उपलब्ध गराउने कार्य पनि अब छिट्टै सुरु गर्दैछौ  ।’ उनले भनेका छन् ‘बिशेषत: तम्घास बजार शौन्दर्यकरण गर्नमा सबै पक्षको सहयोगका लागि म  अपिल गर्दछु । पछिल्लो चरण सदरमुकामका सडकहरु सफा देखिन थालेको  छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने