२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

बुटवल । मृत्यु मार्गको रुपमा खराब नाम कमाएको बुटवल–पाल्पा सडकखण्डको शिद्धबाबामा सुरुमार्ग निमांण सुरुभएपछि अब सुरक्षित यात्रा गर्ने दिनको पर्खाइमा छन् यस क्षेत्रका जनता । अहिले निर्माणाधीन सुरूङमार्गमा चौविसै घण्टा काम भइरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सुरूङमार्गमा अहिले टनेल पोर्टलको काम भइरहेको आयोजनाले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा बन्ने सुरूङमार्गले सडक डाइर्भसन सकेर टर्नेल पोर्टलको काम निर्माणको कामले तीव्रता पाएको हो ।

Advertisement

सुरूङमार्गका इन्जिनियर युधिष्ट पन्थीले चौविसै घण्टा सुरूङमार्ग निर्माणको काम भइरहेको बताए । ‘केही ठाउँको डिजाइनमा कमेन्ट आएको छ’ इन्जिनीयर पन्थीले भने, ‘डिजाइन पूरा भएका क्षेत्रमा पर्खाल निर्माणका काम भइरहेका छ ।’ आयोजनाको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले कामलाई तिब्रता दिन थालेपछि लामो समयदेखि सुरूङमार्ग निर्माणको चर्चा चले पनि काम अघि नबढ्दा गरिएको आशंका पुनः विश्वास परिणत हुन थालेका छन् ।

आयोजनाका अनुसार १ हजार १२६ मिटर लामो सुरूङ पाल्पाको दोभानबाट शुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ । वर्षौंदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरूङमार्गको निर्माण अघि बढाएको हो । यो परियोजनाको लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ ।

स्विस सरकारको विकास सहयोगमार्फत सुरूङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो । सुरूङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो । ठेक्का लगाएको करिब १४ महिना पूरा भएको छ । रातिको समयमा बाटो बन्द गरेर काम भइरहेको आयोजनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता