६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । बुटवलमा राेजगार मेला सुरु भएकाे छ । नेपाल उद्याेग वाणिज्य महासंघ, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा मंगलबारदेखि बुटवलमा दुई दिने मेला सुरु गरिएकाे हाे ।मेलाकाे नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गरे ।

Advertisement

मेलाकाे उद्घघाटन गर्दै प्रदेश अध्यक्ष शर्माले नेपाली युवा कामकाे खाेजिमा विदेश जानुपर्ने र नेपाली उद्याेगीले वाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता रहेकाे बताए । उनले कामकाे लागि बाहिर जाने प्रबृति राेक्न र उद्याेगी व्यवसायीले बाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता अन्त्य गर्नेगरी यश विचकाे तारतम्य मिलाउन राज्यले नै सम्बाेधन गर्नुपर्ने भनाई राखे।

कार्यक्रमकाे बारेमा जानकारी गराउदै बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्याेग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले उद्याेग व्यवसायीहरुले दक्ष जनशक्ति नपाईरहेकाे र पढेलेखेका युवाहरु कामकाे खाेजिमा वाहिरिरहेकाे कुरालाई मध्येनजर गरेर कसरी दुबै पक्षकाे आवश्यकता पूर्ती गर्न सकिन्छ भनेर राेजगार मेला गरिएकाे बताए । उनका अनुसार याे मेलामा २९ वटा उद्याेग प्रतिष्ठानकाे सहभागिता छ । जसमा ३ सय जनालाई राेजगारीका अवसर रहेकाे उनले बताए ।

नेपाल उद्याेग वाणिज्य महासंघका सदस्य, उद्याेग समितिका सभापति राजेशकुमार अग्रवालले काम तथा शिक्षाकाे सिलसिलामा नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति बाहिरिरहेकाे बताए। यहाका उद्याेगमा कामकाे लागि बाहिरबाट ल्याउनु पर्ने जनशक्ति यहिबाट पूर्ती गर्न सकियाे भने उद्याेगी व्यवसायीलाई पनि सहज हुने भनाई राखे। इन्टरनेशनल लेवर अर्गनाईजेशन (आई.एल.ओ.)का नेशनल प्राेजेक्ट काेर्डिनेटर साैरभराम जाेशीले आन्तरिक राेजगारीमा प्रवर्धन गर्नकाे लागि मेला फलदायी हुने विश्वास व्यक्त गरे । सीप, श्रम र राेजगारी सबैकाे अधिकार भएकाे उनकाे भनाई छ ।

बुटवल उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ शिक्षाकाे लागि विदेश जानेहरुका कारण जनशक्तिसंगै पुँजी पनि पलायन भईरहेकाे बताए । उनले याे क्रम राेकिएन भने नेपालकाे उत्पादन बन्द हुने र आयातमा भर पर्नुपर्ने स्थिती आउने भनाई राखे। उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले राेजगार मेला गरिएकाे हाे ।

महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिबृद्धि परियोजना अन्तरगत स्वदेशमै कामको खोजीमा रहेका तथा बैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरु एवं रोजगारदाता सम्पर्क गरी रोजगारी प्रबर्दन गर्ने उद्देश्यले रोजगारदाताहरु समेतको सहभागितामा मेला सञ्चालन गरिएकाे संघका महासचिव विमलराज भट्टराईले बताए । मेलामा यस क्षेत्रका २९ वटा उद्याेग प्रतिष्ठान सहभागी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट