ताजा अपडेट »

देशभर बिमाको पहुँच विस्तार गरिने

शुक्रबार, ०५ जेठ २०८०, १६ : ५९
18 Shares
शुक्रबार, ०५ जेठ २०८०
18 Shares

काठमाडौं। सरकारले देशभर बिमाको पहुँच विस्तार गर्दै न्यून आय भएका वर्ग र समुदायलाई लक्षित लघुबिमा कार्यक्रमलाई ल्याउने भएको छ। 

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि बिमा कार्यक्रम अघि बढाउने जानकारी दिएका हुन् । 

देशभर बिमाको पहुँच विस्तार गरिने र  न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गर्न सहजीकरण गरिने राष्ट्रपति पौडेलले बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।