ताजा अपडेट »

नीति तथा कार्यक्रम: सरकारले सहकारी नियमनमा कडाइ गर्ने

शुक्रबार, ०५ जेठ २०८०, १६ : ४३
10 Shares
शुक्रबार, ०५ जेठ २०८०
10 Shares

काठमाडौ । सरकारले अब बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गर्ने भएको छ । 

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीमा बचत कर्ताको लगानी सुरक्षा गरिने र सहकारीलाई कडाई साथ नियमन गरिने जानकारी दिएका हुन् । 

सहकारीको बचतलाई उत्पादन मुलक क्षेत्रमा लगानीक गर्न प्रेरित गरिने राष्ट्रपति पौडेलले बताए । 
 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।