५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । बुटवल उपमहानगरपालिकालाई पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुधबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गरे।

Advertisement

बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिशका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवलमा कुनैपनि प्रकारका खोपको अभाव हुन नदिन बुटवलले विशेष चासो दिएको र पर्याप्त पूर्वतयारी गर्दै आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरेको बताए।

उहाँले स्वास्थ्य क्षेत्रमा बुटवललाई अगुवा बनाउनका लागि छिटै नै दुई वटा सुविधासम्पन्न अस्पतालहरु सञ्चालनको तयारी अवस्थामा पुगेको र यसले बुटवलको स्वास्थ्य क्षेत्रमा अर्को फड्को मार्ने बताए । कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको स्वास्थ्यलाई बुटवल उपमहानगरपालिकाले विशेष चासो र प्राथमिकतामा राखेको बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बुटवलले खोप दिगोपना सुनिश्चित गर्न हरेक पटक अगाडि नै काम गरेको र सम्पूणर् सुविधा प्रदान गरेको बताए । बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बुटवलले १६ महिनादेखि २ वर्षसम्मका बालबालिकाहरुले १५ महिनासम्ममा पाउनुपर्ने सम्पूणर् खोप लगाएको र पूणर् खोप सुनिश्चित गर्दै आवश्यक मापदण्डहरु पूरा गरेको बताए।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ