ताजा अपडेट »

चक्कु प्रहार गरेर लमजुङमा एक जनाको हत्या

शनिबार, ३० बैशाख २०८०, १७ : ३५
6 Shares

बेंसीसहर । लमजुङ प्रहरीले हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका-८ स्थित मिदिम खोला जलविद्युत् आयोजनामा कार्यरत खोटाङ घर भएका ३० वर्षीय अर्जुन रम्तेल छन् । 

शुक्रबार राति करिब १०:३० बजे उनले सोही जलविद्युत आयोजनामा कार्यरत उदयपुर गाईघाट घर भएका २५ वर्षीय सुनिल श्रेष्ठलाई बायाँ खुट्टाको घुँडामा चुक्कु प्रहार गरी घाइते बनाएका थिए । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

शव पोस्टमार्टमका लागि गण्डकी हस्पिटल पोखरामा राखिएको र रम्तेललाई कास्की प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लमजुङ प्रहरीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।