ताजा अपडेट »

माइतीघरमा शिक्षक र कर्मचारीको प्रदर्शन (फोटो फिचर)

शुक्रबार, २९ बैशाख २०८०, १६ : ५५
16 Shares

काठमाडौं । शिक्षकहरु शिक्षा क्षेत्रको समस्या समाधान गर्न संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघसंगठनका शिक्षक तथा कर्मचारीले संघीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब सृजना गर्न प्रदर्शन गरेका हुन् । संघीय शिक्षा ऐन ल्याउनुपर्ने, न्यून बेतनमा काम गरिरहेका बालकक्षा शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर शिक्षक, कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।