Dec 4, 2023
धनगढी । धनगढीको एक नास्ता पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-२ वेस्टर्न कलेज अगाडि रहेको नास्ता पसलमा बिहीबार दिउँसो आगलागी भएको हो ।
राकेश शर्माले सञ्चालन गरेको नास्ता पसलमा ग्यास लिक भएर आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट फ्रिज, टेबुल, कुर्सी लगाएतका सामान जलेका छन् । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
प्रतिकृया दिनुहोस्