ताजा अपडेट »

अपाङ्गता भएकी किशोरी बसका सह-चालकबाट बलात्कृत

मंगलबार, २६ बैशाख २०८०, १८ : १३
4 Shares

विराटनगर । मोरङमा बोल्न नसक्ने किशोरी बलात्कृत भएकी छन् । बेलबारी नगरपालिका-७ की १७ वर्षीया किशोरी आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा विराटनगर महानगरपालिका-८ का २४ वर्षीय प्रवेश बस्नेतलाई प्रहरीले पक्राउ गरिएको छ । बस्नेत विराटनगर-बाहुनी चल्ने यात्रुबहाक बसका सह-चालक हुन् । 

घटना गत आइतबार राति ९:३० बजेतिरको भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । सह-चालक बस्नेतले पैसा दिने प्रलोभन देखाउँदै बोली नआउने किशोरीलाई मकैबारीतिर लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । पीडितका बुवाले सोमबार किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

बस्नेतविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।