Sep 25, 2023
पुस २९,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीका ११ वर्षीय आदित्य क्षेत्रीले हालै भारतमा भएको कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । उनी तिलोत्तमा स्थित न्यू इन्भाइरोमेण्ट स्कूलमा ५ कक्षामा अध्यनरत विद्यार्थी हुन् ।भारतको कलकता उल्वडिया स्थीत रविन्द्र भवनमा ९ औँ अन्तराष्ट्रिय कराते तथा च्याम्पियनसिप स्र्पोट एक्सिलेण्ट अवार्ड- २०२० प्रतियोगितामा जुनियरतर्फ कुमेतुमा नेपालका ११ वर्षीय खेलाडी क्षेत्रीले स्वर्ण पदक जितेका हुन् । उनले फाइनलमा भारतका खेलाडीलाई पराजित गर्दै पदक जित्न सफल भएका हुन् ।
उक्त प्रतियोगितामा नेपालसहित आयोजक भारत, भुटान, श्रीलङ्का र बङलादेश गरी ५ देशका खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा विभिन्न समूहमा गरी ६ सय खेलाडीले प्रतिष्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा नेपालका साहिल गुरुङ्ग, प्रसन साई, गौरव पौडेल, अमिता पोखरेल, मिलन श्रीस, आशिष खड्का, सुमन परियार, दिलमाया कोइराला, आश्वीन खडका, आकृति राना, रिमा कुमाल,जीवन पुन, सरोज पौडेल श्रेत्री र सुनिल रावतले पनि स्वर्ण पदक जित्न सफल भएका छन् ।
प्रतिकृया दिनुहोस्