८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

पुस २९,

Advertisement

ग्लोबल आवाज

बुटवल । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सचेतक भूमिश्वर ढकालले प्रदेश नम्बर पाँचको नाम र राजधानी हिउँदे अधिवेशनबाट टुङ्गाईने बताएका छन् । उनले भने, ‘प्रदेश सभाबाट गठित प्रदेशको नामाकरण र केन्द्र निर्धारण गर्ने विशेष समितिले प्रतिवेदन बुझाएको छ, त्यो प्रतिवेदन प्रदेशको आगामी माघ ५ गते हुने ५ औं अधिवेशनमा प्रस्तुत हुन्छ । सोही प्रतिवेदन अनुसार प्रदेश ५ को नाम र स्थायी राजधानी घोषण गरिनेछ ।’

सचेतक ढकालले प्रदेश सभाको यो बिषयलाई पार्टीलाई ह्विप नलाग्ने बताउँदै प्रदेश सभाकै एकताबाटै राजधानी तय गर्ने बताए । उनले प्रदेशका १२ वटै जिल्लाका जनतालाई अपनत्व गर्ने किसिमले राजधानी तय गर्ने जीकिर गरे । रिर्पोटर्स क्लब ५ नं. प्रदेशले मंगलबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै ढकालले प्रदेश सभाबाट गठित समितिले १२ वटै जिल्लामा राजनीतिक दल, समाजसेवी, बुद्धिजीविहरुसंग राय–सुझाव लिएको बताउँदै संकलन भएको सुझावलाई हेरेर प्रदेशको नाम र राजधानीको टुङ्गो गर्ने बताए । उनले माघ ४ गते संसदीय दलको बैठक बस्ने समेत जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामाकरणको बिषयमा प्रदेशले थेग्ने संचरना बनाउन धेरै आर्थिक लाग्ने बताउँदै बनेको संरचनालाई नबिगार्न आग्रह गरिन् । उनले कांग्रेसको पहिलो एजेण्डा भनेको प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने बताइन् । उनले भनिन्, ‘आगामी माघ ५ गते हिउँदे अधिवेशनको शुभारम्भ हुदैँछ र कांग्रेसको पहिलो एजेण्डा भनेको प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने बिषय हो ।’ उनले सरकारले राजधानी तय गर्न पहिले विशेष बनाएर पठाएको र फेरी अर्को विज्ञ समिति पठाएर ढिलो हुन पुगेको बताइन् । उनले अस्थायी राजधानी र नामाकरणको बिषयमा समय थपिनु नहुनेमा जोड दिइन् ।

कार्यक्रममा समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डेले गौतम बुद्धको भूमि लुम्बिनीलाई नै प्रदेशको नामाकरण गर्नुपर्ने बताए । उनले भौतिक पूर्वाधार सम्पन्न रहेको हालको अस्थायी राजधानी बुटवललाई नै स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए ।


कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर