ताजा अपडेट »

लुम्बिनीमा चौधरीलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित गठबन्धन दलले आज सरकार गठनको दाबी पेस गर्दै

विहीबार, १४ बैशाख २०८०, ०५ : २९
28 Shares

बुटवल । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आज विहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले बुधबार प्रदेश प्रमुखले दिएको समय भित्र नै दाबी पेश गरिने बताए ।

'बुधबार नै पेश गर्ने तयारी भए पनि विभिन्न कारणले भएन । भोलि ४ बजे भन्दा अघि नै मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरीले बहुमतसहित दाबी गर्नु हुन्छ।’–उनले भने । यद्यपि गठबन्धन दलहरु बीच सरकारको नेतृत्व कसले पहिले गर्ने भन्ने विषयमा मत बाझिएको छ । यसअघि गठबन्धन दलको तर्फबाट नेकपा मनओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै कुल प्रसाद केसीलाई मुख्यमन्त्री बनाएको थियो । रोल क्रम अनुसार अबको नेतृत्व काँग्रेसले गर्नु परने माग भएपनि माओवादी केन्द्रले लुम्बिनी प्रदेशको नेतृत्व आफूले पाउनु पर्ने दाबी रहेको एक नेताले बताए ।

प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेका छन् । यसअघि नै कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन हालेका थिए । तर, प्रदेश प्रमुखले त्यसलाई मान्यता दिएका थिएनन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४/४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।