१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । १५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्यसहित निर्माण गरिएको रुपन्देहीको रोहिणी सिँचाइ आयोजना करिब ४० करोड स्वाह पारेर अलपत्र अवस्थामा छ । आर्थिक वर्ष ०७३/०७४ मा विस्तृत अध्ययन प्रतिवेदन तयार पारी जिल्लाको देवदह र तिलोत्तमा नगरको कृषि भूमि सिँचाइ गर्ने गरी सुरु भएको योजना त्रुटिपूर्ण डिजाइन, निर्माण कम्पनीको तथा परामर्श दाताको कमजोरी देखाउँदै अलपत्र अवस्थामा रहेको हो ।

Advertisement

महालेखा परीक्षकको कार्यालय लुम्बिनीले २०७८/७९ को प्रतिवेदनमा योजनाको त्रुटिपूर्ण डिजाइन तयार पार्ने, जाँच वा स्वीकृत गर्ने अधिकारी र सो कार्यमा संलग्न परामर्शदाताहरुलाई कारबाही गर्नुपर्ने सुझाब पेश गरेको छ । ‘जल स्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय रुपन्देहीको रोहिणी सिँचाई योजना अन्तरगत हेडवर्क, गाइडवण्ड र प्रोटेक्सन निर्माण कार्यमा रु ३० करोड ७७ लाख ६८ हजार र नहर संरचना वापत ८ करोड ७८ लाख ५१ हजार समेत कुल रु ३९ करोड ५६ लाख १९ हजार खर्च भएकोमा योजना सञ्चालनमा देखिएन ।’–महालेखाले भनेको छ ।

आयोजना सम्पन्न भएर कृषकलाई सिञ्चाई सुविधा उपलब्ध गराउने बेला बाँध क्षेत्रको डिजाइन गलत भएको र त्यसले नजिकका बस्तीमा बाढीले प्रभावित भएपछि पुनः मुल्याङ्कन तथा डिपिआर निर्माण गर्ने काम समेत भएको छ । हरेक निर्वाचनमा नेताहरुको चुनावी एजेण्डा बन्ने गरेको रोहिणी सिञ्चाई आयोजनाले करोडौं स्वाह पारेर अलपत्र मात्र छैन, वर्षायाममा आसपासका बस्ती समेत बाढीको त्रासमा बाच्नुपर्ने अवस्था सिर्जना भएको छ ।

संघीय सरकारको ४७ करोड २४ लाख ८६ हजार लागतमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रुपन्देहीले आयोजना अघि बढाएको थियो । डिभिजन कार्यालय रुपन्देहीले २०७४ साल जेठ ४ गते अर्घाखाँची बबुल जेभीलाई २०७७ जेठ ३ गतेसम्म सिँचाइ आयोजना सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लगाएको थियो ।

आयोजना सम्पन्न नहुँदै बाधका कारण बस्तीमा बाढी पस्न थालेपछि पुनः मूल्याङ्कनका लागि जल स्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय रुपन्देहीले डिपीआर समेत तयार पारेको छ । डिपीआर निर्माण बापतको रकम भुक्तानीका लागि मन्त्रालयले भुक्तानी नदिएपछि नहरको कुनै पनि काम अघि नबढेको डिभिजन प्रमुख विष्णु प्रसाद पौडेलले बताए । तिलोत्तमा र देवदह नगरपालिकाको सीमा हुँदै बग्ने रोहिणी नदीलाई बाँध (जलाशय) बनाएर सिँचाइ गर्ने गरी आयोजना अघि बढाइएको हो । अर्घाखाँची बबुल जेभीले जलाशय (बाँध) का लागि २८ करोड ४० लाख ६६ हजार र नहरका लागि ८ करोड १ लाख २३ हजार गरी ३६ करोड ८२ लाख ३९ हजारमा ठेक्का सकारेको थियो ।

तिलोत्तमा नगरपालिकाको वडा नम्बर १० र देवदह नगरपालिको वडा नम्बर २ को संगमस्थल रोहिणी नदीमा ३ हजार ५०० मिटर लम्बाइको ताल बनाई ८०० मिटर चौँडाइ र ५० मिटर गहिराइ सहितको ड्याम बनाएर तिलोत्तमा र देवदह क्षेत्रमा १ हजार ५०० हेक्टर खेतीयोग्य जमिनमा सिञ्चाइ सुविधा पुर्याउने योजना रहेको थियो । आयोजनाको बायाँतर्फ २ हजार ६५५ लिटर प्रतिसेकेण्ड पानीको बहाव क्षमतासहितको क्यानल तयार भएको छ । त्यस्तै तिलोत्तमातर्फ ९६५ लिटर प्रतिसेकेण्ड पानी जाने गरी क्यानल तयार भएको छ । संघ सरकार अन्तरगत रहेको यो योजना पछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै