२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो अधिवेशन बुटवलमा हुने भएको छ । यही वैशाख १६ र १७ गते हुने अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नारायण खनाल ‘लेकाली’ले जानकारी दिए ।

बुटवलको अन्तर्राष्ट्रिय सभागृहमा उद्घाटन सत्र तथा नयाँगाउँको मुक्तिनाथ धाममा बन्दसत्र हुने अधिवेशनमा देशभरबाट करिब ५ सय प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । अधिवेशनमा विभिन्न ठाउँका मौतिक भजन तथा चुड्का लगायतका प्रस्तुती समेत रहने लेकालीले बताए । महाधिवेशनको पहिलो दिन बुटवलको सिद्देश्वरी प्राङ्गणबाट विभिन्न सांस्कृतिक झाँकीहरुसहित कार्यक्रम स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म र्यालीको आयोजना गरिएको छ ।

मौतिक संस्कृति तथा भजन, चुड्काको संरक्षण तथा पुस्तान्तरणका लागि २०६७ सालमा स्थापना भएको प्रतिष्ठानले देशका सबै जिल्लाहरुमा शाखा विस्तारलाई समेत तिब्रता दिएको संस्थापक अध्यक्ष प्रजापति पराजुलीले बताए । २०५० सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्माण गरेका पराजुलीले फरक तथा धार्मिक र सास्कृतिक गीत संगीतको संरक्षणका लागि भजन चुड्का प्रतिष्ठानको स्थापना गरेका हुन् । यस प्रतिष्ठानमा हाल ५१६ जना आजीवन सदस्य रहेको पराजुली बताउँछन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै