Sep 24, 2023
पुस २७,
ग्लोबल आवाज
दाङ । सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव समुहले कालोमोसो दलेको छ । सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै कार्यकक्षमै गएर विप्लव समुहका कार्यकर्ताले कार्यालय प्रमुख चौधरीलाई कालोमोसो दलेका हुन् ।
डिभिजन प्रमुखले आफ्नो कुनै पनि जिम्मेवारी पुरा नगरी निर्माणको काममा ढिलाई गरेको, जनतालाई अनाहकमा दुःख दिएको भन्दै विप्लव समुहले कार्यकक्ष मै पुगेर कालोमोसो दलेको पृष्टी भएको हो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सडक डिभिजन प्रमुख चौधरीलाई विप्लव समुहले कालोमोसो दलेको स्विकार गरेका छन् । प्रजिअ रिजालका अनुसार आइतवार दिउसो चौधरीलाई कालोमोसो दलिएको हो ।
उक्त घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । चौधरीको यहाँबाट सरुवा भएपनि उनी सरुवा भएको ठाउँमा जान समेत अटेर गर्दै आएका छन् । उनको ठाउँमा निरज शाक्यलाई खटाइएको छ । घटनास्थलबाट प्रहरीले विप्लव समुहको ब्यानर र सांङ्लो बरामद गरेको छ । सडक डिभिजन कार्यालयले ठेक्का दिदै आएको पुल र सडक अहिले अलपत्र अवस्थामा छन् ।
सडक डिभिजन कै मातहतमा रहेको घोराहीको तुलसीपुर चोकमा खाल्डाखुल्डी बढेर बजार कुरुप हुदाँ समेत सडक डिभिजनले वेवास्ता गर्दै आएको थियो । यहाँका राजनीतिक दल, उपमहानगरपालिकाका प्रमुखले समेत पटकपटक अनुरोध गर्दा समेत बाटो मर्मतमा डिभिजनले वेवास्था गर्दै आएको थियो ।
प्रतिकृया दिनुहोस्