ताजा अपडेट »

उपनिर्वाचनको रस्साकसी

बुधबार, ०६ बैशाख २०८०, १५ : ५८
14 Shares

यही बैशाख १० गते बारा, चितवन र तनहुँ तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले सम्पूर्ण प्रक्रिया अघि बढाईसकेको छ । अहिले प्रमुख दल लगायत उम्मेद्वार चुनावी प्रचार प्रसारमा खटिसकेका छन । प्रचार प्रसारको समय सिमा अब अन्तिम चरणमा पुगिसकेको छ । सम्भवतः ७ गते राति १२ बजेपछि मौन अवधि सुरु हुनेछ सँगै आचारसंहिता हरेक दल र उम्मेद्वारले पालना गर्नुपर्नेछ । आचारसहिंताको उलङ्घन गरेको खण्डमा निर्वाचन आयोगले उम्मेद्वारी बदरसम्म गर्ने गर्छ ।

झण्डै डेढ वर्षदेखि निरन्तर चुनाव गर्दै चुनावी वर्ष मनाईरहेको वास्तवमै हामी जस्ता अविकसित राष्ट्रका लागि दुर्भाग्यको विषय हो । अझै आर्थिक संकटले थलिएको बेला, सामाजिक सुरक्षा र कर्मचारी तलबसम्म पुयाउन हम्य हम्य भएको बेला चाडपर्व र संस्कृति जस्तै चुनाव गर्ने हाम्रो होडबाजी नियमकानुनको प्रक्रियागत पालनालाई त सहि होला तर समृद्धि र विकासको मामिलामा किमार्थ सहि हुन सक्दैन ।

जे होस चितवन २, बारा १ र तनहुँ १ मा यति बेला चुनावी माहोल तातिएको छ । एक अर्थमा भन्ने हो भने ति तीन क्षेत्रको उपनिर्वाचनले देशभरी नैै तरङ्ग पैदा गरेको छ । हालै नेपाली कांग्रेसबाट राजीनामा दिई राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी प्राप्त गरेका अर्थविद साथै पूर्व योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको उम्मेद्वारी दर्ताले देशभर चर्चा मच्चिएको छ । हुन त बेलायत जस्तो मुलुकमा देशको आर्थिक स्थिति कमजोर भएपछि बेलायती जनताले ऋषि सुनक जस्तो अर्थविदलाई नेतृत्वतहमा स्थान दिएको हामी सबै जानकार छौं । परिस्थितीले नेपाली अर्थतन्त्रको धरातल पनि अहिले त्यस्तै देखिएकोे छ र देशले स्वर्णिम वाग्ले जस्ता अर्थविज्ञ खोजिरहको छ ।

सुशासन देश विकासको अर्को सुचक हो लामो समय प्रहरी प्रशासनमा काम गरेर ख्याती प्राप्त गरेका रमेश खरेल काठमान्डौं क्षेत्र नं १ बाट पराजित भएपछि अहिले रास्वपाको टिकट प्राप्त गरी बारा क्षेत्र नं १ बाट चुनावमा उम्मेद्वारी दिएका छन । हुन त प्रहरी सेवाबाटै अवकाश प्राप्त गरेका तनहुँ क्षेत्र नं १ का एमाले उमेदवार सर्बेन्द्र खनालको पनि उम्मेद्वारी परेको छ । खासगरी रास्वपाले उठ्ठान गरेको अवस्था परिवर्तनको नाराका कारण रमेश खरेल प्रति आकर्षण बढनु स्वभाविक पनि हो । तर जनता जर्नादन हुन्छन् जनताको भोट नै सर्वपरी हुन्छ । जनताले जसलाई विश्वास गर्छन उ नै विजेता साबित हुने छ यो प्रजातन्त्रको अनुशासन हो ।

नेपाली काग्रेस, नेकपा एमाले, जसपा, रास्वपा, जनमत पार्टी, स्वतन्त्र लगायत दर्जनौ उम्मेद्वार उपचुनावमा सरिक हँुदै छन् । सबैको चर्चामा रहेको चितवन २ मा भने प्रभावशाली नेताहरुको उम्मेद्वारी रहेको छ । विबादै बिवाद बिच राष्ट्रिय रुपमै लोकप्रियता हासिल गरेका रवि लामिछानेको आकर्षण पनि कमि छैन । कांग्रेस, एमाले लगायतका नेताहरुको पनि चुनाव आफ्नो पक्षमा हत्याउन जोड बल गरेका छन । चुनाव प्रक्रिया सम्पन्नका लागि मात्र हो कि रुपान्तरणका लागि पनि हो भन्ने विषयले भने स्थान पाएको देखिदैन ।

हुन त मंसिर ४ को निर्वाचन पश्चात के नै परिणाम आयो र ? एक अर्कालाई आरोप प्रत्यारोप गर्नु शिवाय जनताले राहात महसुश गर्न सकेको अवस्था छैन् । केही दिन अघि मात्र जुम्लाका विद्यालमा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पुस्तक समयसिमा भित्र पुयाएर चर्चा कमाएका छन । संसदमा जनता का आबाज उठ्ठान गर्ने संसदको रुपमा परिभाषित पात्र भएका छन । गुहमन्त्री हँुदा रबि लामिछानेले केही सकारात्मक कार्य अघि बढाउँदै थिए । सकारात्मक विषय वस्तु न्याय कानुनको कठघेरामा टिक्न सकेनन अन्ततह संसद पद नै खारेज भयो । रास्वपाकै एक सांसद ढाकारामको विषयले स्वतन्त्र आन्दोलनलाई उही पुरानो राजनीतिक प्रवृत्तिको रुपमा व्याख्या गर्न खोज्दै थियो । शभापति लामिछानेले कार्बाहिको प्रक्रिया अघि सारेर स्वतन्त्र आन्दोलन को गति लाई इतिहास कै नौलो अभ्यास को नजिर को रुपमा स्थापित गरेर देखाय । चुनाबी शभालाई सम्बोधन गर्दै देङ स्याओ पेनको चिनियाँ नीतिको समेत चर्चा गर्न भ्याए ।

सिद्धान्त र विचार विहिन पार्टी भनिरहदा “बिरालो कालो होस वा सेतो ” बिरालो ले मुसा मार्नु पर्छ यो चिनियाँ नेता देङ स्याओ पेनको भनाई थियो । यसलाई नक्कल गर्दै लामिछानेले अहिलेको समय सिद्धान्त र विचारको नभएर जनताको अवस्था परिवर्तनको समय भएको जिकिर गरेका छन् । कांग्रेसका युवा नेता मानिएका गगन थापा, विश्वप्रकाश शर्मा, लगायत नेताले चुनावी सभामा सम्बोधन गर्दै आरोप प्रत्यारोपको भाष्य प्रयोग गरिरहेका छन् । जसले उनीहरुको कार्यशैली प्रति जनताको गुनासो देखिन्छ । महामन्त्री भएको वर्ष बितिसक्यो तर कुनै कार्यक्रम तय हुन सकेनन् । एक जना शुद्धोधन ३ बस्ने कांग्रेसी युवा नेता रमेश खनाललाई प्रजातान्त्रिक पाठशाला निर्माणका लागि सुझाव दिएको थिए । त्यो महामन्त्रीहरुको कानमा पुगेको भए सायद गालीगलोजको राजनिती छोडेर प्रजातान्त्रिक पाठशाला निर्माणमा जुटने थिएकी भन्ने आसययुक्त सुझाव थियो ।

जनताले सुझाव, प्रश्न गरे मात्र पनि धेरै समस्या सुल्झन सक्छन यस्तो संस्कार हामीले विकसित गर्न सकेका छैनाँै । खासगरी चुनावलेजनपक्षिय एजेण्डामा ध्यान दिनु पथ्र्यो त्यो अहिले पनि देखिएको छैन् । राजनीतिमा दृष्टिकोण, सामथ्र्य र लक्ष्य हुनुपर्दछ, अवस्था परिवर्तनका लागि स्वतन्त्र आन्दोलनले विम्ब दिन खोजिरहेको छ यसलाई अवसरको रुपमा मतदाताले स्वीकार गरे भने युवा आन्दोलनलाई यसले परिणाममुखी बनाउन सकिन्छ । योग्य र काबिल मान्छेलाई सबैले रुचाउँछन चाहे बालेन्द्र शाहको कुरा होस् वा हर्क साम्पाङ त्यती मात्र नभएर स्वर्णिम र रबिको पनि आकर्षण बढदो छ । चन्द्र भण्डारी, गोकर्ण बिष्ट, बासुदेव घिमिरे, गोपाल हमाल, राम कार्की, सुदन किराती यस्ता दर्जनौं नाम छन् जसलाई जनता रुचाउँछन र अपेक्षा गर्दछन् ।

खासमा नेपाली जनताले अवस्था परिवर्तनका लागि योग्य, सममर्थयुक्त, युवा, प्राज्ञिक ,अनुशासित , सभ्य नेता खोजिरहेको छ । नेपाली जनताको स्तरउन्नती र प्रगतिको लागि अब कुनै वाद, सिद्धान्त तत् परिस्थितीमा आवशयक छैन् । देश कसरी समृद्ध हुन्छ ? विकास कसरी हुन्छ ? जनताका जनजीविकामा कसरी सहजता ल्याउन सकिन्छ ?
शुद्धोधन ४ रुपन्देही

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।