ताजा अपडेट »

लुम्बिनीको प्रचार-प्रसारका लागि ‘घुमौं लुम्बिनी’ टिकटक प्रतियोगिता

मंगलबार, ०५ बैशाख २०८०, १९ : ०८
32 Shares

लुम्बिनी । २५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्ने उद्देश्यले ‘घुमौं लुम्बिनी’ शिर्षकमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ। लुम्बिनी विकास कोषले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रसार र प्रवर्द्धन गर्ने गरि घुमौं लुम्बिनी टिकटक प्रतियोगिताको घोषणा गरेको हो ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले मंगलबार एक प्रेस विज्ञप्ती जारी गरि प्रतियोगिताका लागि देश विदेशका प्रतियोगिहरुका लागि खुल्ला आह्वान गरिएको जानकारी दिए । भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई बुद्ध धर्म र विश्व शान्तिको मुहानका रुपमा प्रवर्द्धन गर्ने गरि सृजनात्मक रुपमा टिकटक भिडियो बनाउनुपर्ने जनाइएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि घुमौं लुम्बिनी डटकममा आफ्नो नाम, सम्पर्क नम्बर र टिकटक खाता दर्ता गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । बैशाख १० गतेदेखि २० गतेसम्म प्रतियोगिहरुले भिडियो बनाउनुपर्ने र २१ गते घोषणा गरिनेछ । पछिल्लो सयम सामाजिक सञ्जालका रुपमा टिकटक लोकप्रिय भइरहेको बेला बुद्धजन्मस्थल आन्तरीक र बाह्य पर्यटक आर्कषित गर्न प्रभावकारी हुने भएकाले घुमौं लुम्बिनी टिकटक प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरुले नाम दर्ता गरेपछि दिइएको विषयवस्तुमा मौलिक र सृजनात्मक टिकटक छोटो भिडियो बनाउनुपर्ने छ । प्रतियोगितहरु मध्ये विशेषज्ञ मूल्यांकन समितिले विजेता छनौट गर्ने र विजेतालाई नगद सहित अन्य उपहाबाट पुरस्कृत गरिने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

चैत १७ गते संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा लुम्बिनीमा बसेको बोर्ड लुम्बिनी विकास कोषको बैठकले बुद्ध जयन्तीको अवसरमा टिकटक प्रतियोगिता गर्ने निर्णय गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।