ताजा अपडेट »

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

आइतबार, ०३ बैशाख २०८०, ०८ : ३४
20 Shares
आइतबार, ०३ बैशाख २०८०
20 Shares

धनगढी । बैतडीमा एक युवकको हत्या गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको  धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो। 

बैतडी प्रहरीका अनुसार शनिवार राति ८ बजे उनी हत्या गरिएको अवस्थामा फेला परेका थिए। जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको हो। उनका हत्यारा फरार भएका छन्। घटनाबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।