ताजा अपडेट »

आफैँलाई गोली हान्दा प्रहरी हवल्दारको मृत्यु

आइतबार, २७ पुस २०७६, ११ : १४
32 Shares
आइतबार, २७ पुस २०७६
32 Shares

पुस २७,

जाजरकोट । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।

बाजुरा जिल्ला घर भई चार महिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैंलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताए ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।