१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

पुस २६,

Advertisement

ग्लोबल आवाज

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँचौं माघी मेला आयोजना गरिने भएको छ । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित मेलाको आयोजना गरिने भएको हो ।

रिभरसाईड यूथ क्लव र तिलोत्तमा आमा समूहको आयोजनामा आगामी माघ १ र २ गते तिनाउ पुल गोरकट्टामा मेला सञ्चालन हुनेछ । माघी मेलासँगै आत्मसुरक्षा तालिम र विभिन्न खेलकूद प्रतियोगिता पनि सञ्चालन गरिने क्लवका अध्यक्ष नरबहादुर छन्त्यालले जानकारी दिए । स्थानीय युवा तथा महिलाहरुलाई एकतावद्ध गराउने उद्देश्यले आमा समूहसँग मिलेर मेलाको आयोजना गरिएको उनले बताए । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती देखाइने छ । राष्ट्रिय लोक तथा दोहोरी गायिका देवी घर्ती, हास्य कलाकार दिनेश काफ्ले, लोक दोहोरी गायक धन बहादुर गुरुङ, गायिका तथा डान्सर सलिना नेपाली, डान्सर सरिश्मा मगर, विनिता शाही लगायतको मेलामा प्रस्तुती हने उनले बताए ।

मेलाले स्थानीय समुदायलाई एकीकृत गर्नुका साथै कला संस्कृतिको समेत प्रवद्र्धन हुने तिलोत्तमा आमा समूहकी अध्यक्ष आशामाया थापाले बताइन् । मेलामा कराँते प्रशिक्षकबाट आत्मसुरक्षा तालिम पनि सञ्चालन गरिने र महिलाहरुको लाग कुर्सी रेस प्रतियोगिता पनि गरिने उनले बताइन् । क्लवका सल्लाहकार खुमबहादुर थापाले आपसी सम्बन्धलाई थप बलियो बनाउन र स्थानीय बासिन्दालाई यही क्षेत्रमै एकत्रित गर्न माघी मेला सफल हुने बताए । युवा क्लव र आमा समूहले संयुक्तरुपमा मेला आयोजना गरेर एकताको सन्देश दिन खोजेको भन्दै स्थानीयबासीको एकताले मेला सफल हुने क्लवका सल्लाहकार जगत पौडेलले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले माघी पर्वको मौलिकतालाई जोगाईराख्न स्थानीय क्लव र आमा समूहले थालेको प्रयास सह्रानीय रहेको भन्दै परम्परागत धर्म संस्कृतिको जगेर्ना गर्दै यस्ता पर्वहरुको महत्वलाई थप उजागर गर्न आग्रह गरेका थिए । क्लवका सचिव बालकृष्ण पौडेलले बिगतका वर्षमा आयोजना गरिएका मेला स्थानीयको सहयोगले सफल भएको भन्दै यसवर्षको मेला सफल पार्नका लागि पनि स्थानीय एकजुट भएको बताएका थए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली