ताजा अपडेट »

लुम्बिनीको दाङमा एसईई तयारीमा रहेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकबाटै करणी

बुधबार, २२ चैत्र २०७९, १३ : ०९
26 Shares

बुटवल । लुम्बिनी प्रदेशको दाङमा छात्रावासमा रहेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकबाटै करणी भएको छ । दाङको शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इप्रका तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले आफूमाथि करणी गरेको आरोपसहित छात्राले जाहेरीमा दिएकी छन् । पीडित किशोरीले दिएको जाहेरीमा छात्रावासमा बसेर एसइइ परीक्षाको तयारी गरिरहेका बेला सोमबार राति बोलाएर जबरजस्ती करणी गरेको उल्लेख छ। पीडित बालिकाले बाबुको सहयोगमा मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन्।

आरोपित पौडेल सोही विद्यालयका प्रावि शिक्षक हुन् । उनले छात्रावास हेर्दै आएका थिए । जाहेरी परेपछि आरोपी शिक्षक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।