५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

मुम्बई । बलिउड फिल्म ‘आदिपुरुष’ पुनः समस्यामा फँसेको छ । हालैमात्र फिल्मको नयाँ पोस्टर रिलिज भएको थियो, जुन पोस्टरलाई लिएर विवाद सुरु भएको हो ।फिल्मका निर्देशक ओम राउत, निर्माता भुषण कुमार र कलाकारविरुद्ध मुम्बईको साकीनाका पुलिस स्टेसनमा उजुरी परेको छ । यो उजुरी सञ्जय दीनानाथ तिवारीले दिएका हुन् । जो आफूलाई सनातन धर्मको प्रचारक मान्छन् । उजुरीमा फिल्मको पोस्टरले हिन्दु धर्मको भावनामाथि ठेस पु¥याएको आरोप लगाइएको छ ।

फिल्मको नयाँ पोस्टरविरुद्ध मुम्बई उच्च अदालतका अधिवक्ता आशीष राय र पंकज मिश्राको माध्यमबाट सञ्जयले उजुरी दर्ता गराएका हुन् । ‘फिल्मका निर्माताले हिन्दी धर्मग्रन्थ रामचरितमानसको पात्रलाई अनुचित किसिमले देखाएका छन् ।फिल्मको नयाँ पोस्टरले हिन्दु धर्म समाजको धार्मिक भावनामाथि आहत गरेको छ । यसकारण भारतीय दण्ड संहिताको धारा २९५(ए), २९८, ५००, ३४ का अनुसार एफआईआर गर्न माग गर्दै यो उजुरी दिइएको छ’, उजुरीमा लेखिएको छ ।

फिल्म हिन्दु धर्मको पवित्र ग्रन्थ रामचरितमानसबाट प्रभावित भएर बनाइए पनि पोस्टरमा पुरुष कलाकारले जनै नलगाएकोमा उजुरीकर्ताको विरोध छ ।त्यस्तै फिल्मको पोस्टरमा अभिनेता कृति सेननलाई सीताको रुपमा प्रस्तुत गरे पनि उनलाई अविवाहित महिलाजस्तै बिना सिन्दुरमा देखाइएको आरोप छ । उजुरीकर्ताले फिल्मको पोस्टरले सनातन धर्मको अपमान गरेकाले यसले भविष्यमा भारतका विभिन्न राज्यको नीति तथा कानूनका लागि खतरा हुनसक्ने चेतावनी दिएका छन् ।हालै सार्वजनिक पोस्टरमा प्रभास, कृति सेनन, सनी सिंह र देवदत्तलाई देखाइएको छ । यद्यपि पोस्टरले फ्यानलाई खासै प्रभावित गर्न सकेन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ