ताजा अपडेट »

प्रचण्ड-बाबुरामजी तपाइँहरुले क्रान्तिकारी इतिहासलाई बचाइ राख्ने होकी ?

मंगलबार, २१ चैत्र २०७९, १९ : १३
67 Shares

कुनै राजा महाराजाहरुले जारी गरेको संविधान मान्य हुँदैन । संविधान नेपाली जनताका छोराछोरीले लेख्नु पर्दछ भन्नुभयो । यो विचारमा हामीसबै सहमत भयौं । एकसाथ अगाडि बढेउ । सङ्घर्ष निरन्तर अगाडि वढ्यो, लक्ष्य प्राप्तिको निमित्त रक्तपात युद्ध मार्फत अगाडि बढ्नुपर्ने भयो, हामी सबै एकसाथ अगाडी बढेउ, पछिल्लो चरण हामिले उठाएका एजेण्डामा अन्य दलहरुलाइ पनि सहमत गरायौं तत्पस्चात संयुक्त जनाअन्दोलनको प्रारम्भ भयो, परिणामत राजतन्त्रात्मक राज्यव्यवस्था ढल्यो, गणतन्त्रको उदय हुनपुग्यो, निर्वाचित जनप्रतिनिधिहरुले संविधान लेख्ने काम गरे । राष्ट्रपति मार्फत नेपालको संविधान जारी भयो ।

तपाईंहरु सरकारमा सहभागी हुने अवसर प्राप्त गर्नुभयो । १५ वर्षसम्म तपाईहरु कुनै न कुनैरुपमा सरकारमा सहभागी हुनुहुन्छ कहिले केन्द्र भागमा हुनुहुन्छ भने कहिले त्यसको वरिपरि । अहिले आजको मितिमा पनि यहाहरु सरकारको केन्द्र भागमा नै हुनुहुन्छ । देश कहाँ छ ? देशको अवस्था कस्तो छ? भन्नेवारे हामी सबै जानकार नै छाँै । देशको पछिल्लोे अवस्थावारे यहाँ उल्लेख गरिरहन पर्दैन । सबै सुचकहरुले निरन्तर सचेत गराइ रहेकै छ्न ।

तपाईंहरुको इच्छा, चाहना, निष्ठा र इमान्दारीता प्रति प्रश्न उठाइरहन मैले आवश्यक ठान्दैन । तपाईहरुको नियतनै खराव छ पनि म भन्दैन तर सत्यकुरा यो होकी वर्तमान संरचना भित्रवाट तपाईंहरुको इच्छा, चाहाना वा हुटहुटिले कुनै सकारात्मक परिणाम दिने छैन । यहाँ यो दश पार्टी सम्मिलित सरकारको योगफलबाट गुणात्मक परिवर्तन हुनेछ र उल्टो दिशामा अगाडि वढेका सुचकहरु सुल्टो दिशामा घुम्ने छ्न भनेर कल्पना गर्नु मुर्खता मात्र हुनेछ । त्यो सम्भावनानै देखा पर्दैन ।

यदि यहाँहरुले देशलाई दुर्घटना हुनबाट बचाउन चाहानुहुन्छ भने, यदि तपाईहरु दुवैजनाले आफ्नो इतिहासलाई निरन्तरता र पुनर्ताजगी दिन चाहानुहुन्छ भने तपाइहरुको इच्छा शक्ति मरिसकेको छैन भने, तपाइहरुसँग व्यक्तिगत लोभलालच बाँकी रहेको छैन भने तपाइहरु साच्चिकै दिलोदिमाग देखिनै एकाकार हुनुभयको हो भने तपाईंहरु दुवैजनाले हिजोका दिनहरुमा जनयुद्धकालमा उठाइएका दुइवटा एजेण्डाहरुलाई अगाडि वढाउनुहोस । यो कुरा अहिले यतिबेला सम्भव छ, किनकि यहाँहरु सरकारको मुल केन्द्रमा हुनुहुन्छ ।

पहिलो ! वर्तमान शासकीय स्वरुपको स्थानमा प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखको एजेण्डा जो हामीले युद्धकाल देखिनै निरन्तर उठाउदै आएका थियौं । नेकपा एमालेले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा पारित गरेको थियो । त्यो यतिबेला ओझेलमा परेको एजेण्डालाइ मन्त्री परिषद्वाट पारित गरेर संसदमा दर्ता गराउनु होस्। अर्को एजेण्डा बाबुरामजीले संदनमा वोलेको र प्रचण्डजीले कुनै कार्यक्रममा वोलेको कुरा, गणतन्त्र प्राप्तिपछि उच्च ओहदामा वसेका मन्त्री वा अन्य भिभिआइपीहरको सम्पत्ति छानवीन गर्ने विषय, यसलाई पनि मन्त्रीपरिषदबाट पारित गराउनुहोस् ।

यो कुराले भष्ट्राचारका सम्पुर्ण जराहरु खल्वलिने छ्न । सरकार वनाउनको लागि दश पार्टी गुहार्ने र सरकार बचाउनको निमित्त उनीहरुका हरेक मागहरुलाई अनुमोदन गर्नुपर्ने परम्पराको अन्त्य हुने छ। यदि यो हिम्मत यहाँहरुले जीवनको उत्तरार्धमा गर्ने हिम्मत गर्नुभयो भने यहाँ हरुको इतिहास स्वर्णिम अक्षरमा लेखिनेछ। साथै पार्टी निर्माणको निमित्त कुनै तालिमको जरुरत नै पर्नेछैन ।

ध्यान रहोसकि ! जसरी गोरखपुरदेखि दिल्ली जाने रेलगाडीमा बसेर सिलीगुडी पुग्न सकिदैन ठिक त्यसरीनै यो हाम्रो शासकीय स्वरुप अन्तरगत बन्ने कुनैपनी सरकारले अथवा कुनैपनी नेतृत्वले समृदि,सदाचार र सुसासनको नेतृत्व गर्न सक्दैन । तपाई पचासौं सरकार फेर्नुस, एकल वा वहुमत प्राप्त गर्नुहोस् त्यस्ले हामीले परिकल्पना गरेको उन्नत समाजको निर्माण गर्नेछैन। दोष पात्रमा मात्र खोजेर हुदैन विधिमा पनि खोज्नु पर्दछ । आफ्नो हातमा नेतृत्व रहँदा यो पहलकदमी लिइएन भने भोली सडकमा या कुनै पत्रकार सम्मेलनमा यो कुराको उठानले कुनै सार्थकता प्राप्त गर्ने छैन्।

होइन यही परम्परा, यही संस्कृति, उही चलते चलाते पुरानै प्रक्रिया र पद्धतिलाइनै निरंतरता दिइरहने हो भने, कुनै आट, हिम्मत र साहस नगर्ने हो भने हामी अब अर्कोपटक सत्तामा पुग्ने कुनै अबसर सायदै प्राप्त होला र हामिले हाम्रो इतिहासको रक्षा गर्ने अवस्था पनि रहने छैन । के हामीले यो हिम्मत गर्न सक्दछौ! यहाँहरुले यो हिम्मत गर्नै पर्छ । किनकि इतिहास हिम्मत गर्नेहरुकोनै लेखिने गर्दछ। मैले यसरी शोच े! हामी सवैले पनी यसरीनै सोच्नु पर्दछ कि !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।