ताजा अपडेट »

आजदेखि सिद्धबाबाको बाटो दैनिक ९ घण्टा बन्द, यस्तो छ समय तालिका

मंगलबार, २१ चैत्र २०७९, ०७ : ३७
160 Shares
मंगलबार, २१ चैत्र २०७९
160 Shares

बुटवल । बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबामा आजदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सडकखण्ड अन्तरगत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि आज मँगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द रहने भएको हो ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिबाट खुकुला ढुंगाहरु पहरोबाट खस्ने भएकाले सडक सूचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन विहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि विहान ४ बजेसम्म सडक अवरुद्ध हुने छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको थियो । 

बैठकमा अर्को सूचना जारी नभएसम्म  बन्द रहने सडकमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने अवरोध नहुने गरी कार्य गर्न सम्बन्धित योजना कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।