ताजा अपडेट »

जिप दुर्घटना हुँदा १४ जना घाइते

सोमबार, २० चैत्र २०७९, १६ : १९
24 Shares

सुर्खेत । दैलेखमा जिप दुर्घटना भएकाे छ ।  सुर्खेतबाट कालिकोटका लागि छुटेको  १ ज५५  नम्बरको जिप दैलेखको आठबिस नगरपालिका १ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।उक्त जिपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ  । घाइते २ जनाको अवस्था गम्भीर र अन्य  १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। गम्भीर घाइतेहरुको उद्धार गरी  सुर्खेततर्फ पठाएको छ ।घाइते हुनेमा २० वर्षीय मनिसा बोगटी,  ५५ वर्षीय गोपिकला बिष्ट, ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीय दुर्गा बोगटी,  ७ वर्षीय प्रतिक्षा बटला, १४ वर्षीय सरद बिष्ट,  ६ वर्षीय राजकुमार बोगटी,  ६ वर्षीय स्वस्तिका बोगटी, १२ वर्षीय कल्पना सहकारी, ५ वर्षीय भुवन बटाला, १२ वर्षीय सुबास सहकारी र २४ को धन बहादुर बटाला रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।