११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

पुस २५,

Advertisement

ग्लोबल आवाज

बुटवल । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । अधिकृत पूँजी बृद्धि गर्ने लगाएतका बिभिन्न प्रस्ताव पारित गरेको छ । पाँचवटा क्षेत्रिय स्तरका ग्रामिण बैंकहरु गाभिएर राष्ट्रिय स्तरको लघुबित्त वित्तीय संस्था बनेको सो बैंकको हाल करिब १ अर्ब अधिकृत पूँजी रहेकोमा त्यसलाई वृद्धिगरि २ अर्ब पुराईने लक्ष्य रहेको छ ।

सो अवसरमा संस्थाका अध्यक्ष माणिकरत्न शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक बर्षमा देशका सातवटै प्रदेशमा १ सय ८८ वटा शाखा कार्यालय मार्फत विभिन्न ३ सय ६३ स्थानीय तहमा लघुवित्त सेवा पु¥याएको बताए । उक्त अवधिमा सम्पूर्ण कारोवार पछिको मुनाफा रू. ३२ करोड ११ लाख ६५ हजार रहेको र लगानीमा रहेको बाँकी कर्जा रू. ९ अर्ब ९० करोड र बचत परिचालन रू. ३ अर्ब २३ करोड रहेको बताए । अध्यक्ष शाक्यले समीक्षा अवधिमा गत वर्षको तुलनामा मुनाफामा २८.१४ प्रतिशत, लगानीमा रहेको बाँकी कर्जामा १४.३७ प्रतिशत र वचत परिचालनमा १७.९७ प्रतिशतले बृद्धि भएको जानकारी दिए । हालसम्म बैंकको अधिकृत पूँजी रू.९८ करोड २५ लाख पुगेको र निकट भविष्यमा २ अर्ब पुराउने लक्ष्य रहेको पनि उनले बताए । यसबाट ग्रामिण विकासको क्षेत्रमा थप प्रभावकारिका बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष शाक्यले नेपाल सरकार र नेपाल राष्ट्र बैंक समेतको लगानी रहेकोे राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै शेयरधनी एवं ग्राहक सदस्यहरुको हित संरक्षण गर्न र शेयरधनीहरुलाई उचित प्रतिफल दिन योजनावद्ध ढंगले कार्य गरिरहेको बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले मुलुकको गरिबी न्यूनिकरण अभियानमा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लि.ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । पछिल्लो केही समय यता नेपालको लघुबित्तका क्षेत्रमा प्रतिस्पर्धा तीव्र रुपमा बढेको चर्चा गर्दै प्रमुख कार्कीले चुनौतीहरुलाई व्यवस्थापन गर्दै प्रतिबद्ध भएर अघि बढ्न कर्मचारीहरुलाई आग्रह गरे ।

नेपालमा ग्रामिण बैकिङ्ग अवधारणामा लघुवित्तको कार्य गर्ने उद्देश्का साथ स्थापित अग्रणी संस्थाहरू साविकका क्षेत्रीय स्तरका पाचवटा ग्रामीण विकास बैंकहरू मर्ज भई बनेको राष्ट्रिय स्तरको ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लि.ले विपन्न तथा गरिब वर्गका घरपरिवारहरू खासगरी महिलाहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार गरी राष्ट्रको गरिबी न्यूनीकरणमा सहयोग पु¥याउन विभिन्न प्रकारका लघुवित्त सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादीको निष्कर्ष– देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन