२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

भक्तपुर । भक्तपुर प्रहरीले खसीबोका चोरी गर्ने र चोरी भएको खसीबोका खरिद गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । रामेछाप दोरम्बा- १ घर भई हाल भक्तपुरको सूर्यविनायक वस्ने वर्ष २४ को सुमन तामाङ (ट्याक्सी चालक), दोरम्वा ७ घर भई हाल भक्तपुरको मध्यपुर थिमि बस्ने वर्ष ४० को मिलन तामाङ र रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल काठमाडौं पेप्सीकोलामा रामेछाप उदयपुर मासु पसल सञ्चालन गर्ने वर्ष ४३ को दिलबहदुर कार्की (मासु पसल सञ्चालक) गरी तीनजनालाई पक्राउ गरेको हो । 

बा. २ ज. ४३२७ नं.को ट्याक्सीमा १ वटा कालो बोकासहित पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्दा काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ३ कुशादेवीको रितप्रसाद सापकोटाको घरबाट बोका चोरी ल्याएको र रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल काठमाडौं पेप्सीकोलामा रहेको रामेछाप उदयपुर मासु पसलका संचालक वर्ष ४३ को दिलबहादुर कार्कीलाई बेच्न हिडेको भन्नेसमेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।मासुपसलका सञ्चालक कार्कीसमेतलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि चोरीमा संलग्न मानिसहरु, सवारी साधन (ट्याक्सी), बोकासमेत ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलान्चोकमा पठाइएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

साथै, हालसम्मको प्रारम्भिक अनुसन्धानमा काभ्रेपलान्चोकको विभिन्न ८ स्थान र भक्तपुरको १७ स्थानबाट ४ वटा बोका र ३६ वटा खसी चोरी भएको भन्ने समेत खुल्न आएको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए । 
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन