२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजन आजदेखि सुरु हुँदैछ । उद्घाटन खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्स बीच हुनेछ ।

Advertisement

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । जसमा मुम्बई इण्डियन्स, चेन्नई सुपरकिंग्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स, कोलकोता नाइटराइडर्स, पञ्जाव किंग्स गुजरात टाइटन्स, लखनउ सुपरजाइन्ट र रोयल च्यालेन्जर्स बैंगलोर रहेका छन् ।  मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स आइपिएलका सबैभन्दा सफल दुई टोली हुन् ।
मुम्बईले अहिलेसम्म पाँच पटक आइपिएलको उपाधि जितेको छ । मुम्बईले २०१३.  २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो । त्यस्तै चेन्नईले २०१०, २०११, २०१८ र २०२१ मा आइपिएलको उपाधि जितेको थियो ।

त्यसैगरी कोलकोता नाइट राइडर्सले २०१२ र २०१४ मा आइपिएल जितेको थियो । त्यसति राजस्थान रोयल्सले २००८, डेकन चार्जरले २००९, सनराइजर्स हैदरवादले २०१६ र गुजरात टाइटन्सले २०२२ को आइपिएल उपाधि जितेका थिए ।  दिल्ली क्यापिटल्स, पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । त्यस्तै दोस्रो सिजन खेल्न लागेको लखनऊ सुपरजायन्ट्स पनि उपाधि विहिन रहेको छ ।

आइपिएलमा नयाँ नियम लागु हुदै 

टिमले अब टसमा ब्याटिङ गर्ने वा बलिङ गर्ने भन्ने निर्णय गरेपछि प्लेइङ-११ छनोट गर्न पाउने भएका छन् । टसपछि टोलीले ४ प्रभावशाली खेलाडीको नाम पनि तोक्नुपर्ने छ । यी बाहेक आईपीएलको १६ औं सिजनमा नियममा परिवर्तनसँगै नयाँ नियम पनि थपिएको हो ।

कप्तानले २ प्लेइङ–११ लिएर टसमा आउने

आईपीएल खेलमा अब दुबै टोलीका कप्तानले टसको समयमा २ टोली ल्याउन सक्नेछन् । टसपछि कप्तानले ब्याटिङ वा बलिङ पहिले गर्ने थाहा पाएपछि त्यही अनुसार प्लेइङ-११ छनोट गर्न सक्नेछन् । यसअघि १५ सिजनका लागि टिमले टसको समयमा एउटै प्लेइङ-११ ल्याउँदै आएका थिए । टसपछि पनि एउटै टोलीसँग खेल्नुपर्ने थियो, तर अब त्यस्तो हुने छैन ।

टस पछि ४ खेलाडीलाई इम्प्याक्ट प्लेयर तोक्नुपर्ने 

यस सिजनबाट आईपीएलमा नयाँ प्रभावशाली खेलाडीको नियम पनि थपिने भएको छ । दुवै टोलीले टसपछि ४–४ प्रभावशाली खेलाडीको नाम तोक्नुपर्नेछ । यी ४ प्रभावशाली खेलाडीमध्ये टोलीले खेल अवधिभर कुनै एक खेलाडीलाई प्लेइङ–११ मा समावेश भएका खेलाडीलाई रिप्लेस गर्न सक्नेछन् । खेलको दुवै इनिङ्समा खेलाडीले १४ ओभरको ‘इम्प्याक्ट प्लेयर नियम’ प्रयोग गरी खेलाडी बदल्न सक्नेछन् ।

एक टोलीले सम्पूर्ण खेलमा एक पटक मात्र प्रभाव खेलाडी प्रयोग गर्न सक्षम हुनेछ । उसले चाहेमा पहिलो इनिङ्सको १४ ओभरसम्म वा दोस्रो इनिङ्सको १४औं ओभरसम्म रिप्लेसमेन्ट लिन सक्छ ।

इम्प्याक्ट खेलाडीले पूरा ४ ओभर बलिङ गर्न सक्ने 

टोलीले खेलमा ब्याटिङ वा बलिङ गरेका खेलाडीलाई पनि बदल्न सक्नेछन् । प्रभावशाली खेलाडीले आफ्नो कोटाको पूरा चार ओभर बलिङ गर्न पाउनेछ । साथै, उसले इनिङ्समा जति ओभर बाँकी छन्, त्यति नै ओभर ब्याटिङ गर्न सक्नेछन् । तर, एक इनिङ्समा एक टोलीको अधिकतम १० विकेट मात्रै खस्न सक्नेछ ।

आईपीएलमा परिवर्तन भएका नियम: 

१- सबै टोलीलाई इनिङ्सको २० ओभर पूरा गर्न ७५ मिनेट दिइएको छ । यो समयमा ओभर पूरा नभएमा ५ को सट्टा ४ फिल्डर मात्र बाँकी ओभरको ३० गजको घेरा बाहिर बस्न सक्नेछन् ।

२- यदि विकेट किपर वा फिल्डरले बलिङको क्रममा गलत तरिकाले मुभमेन्ट गर्यो भने, त्यो बललाई डेड बल भनिन्छ । यससँगै फिल्डिङ गर्ने टोलीलाई ५ रनको पेनाल्टी पनि लगाइनेछ । गलत चाल अर्थात् बलिङको समयमा फिल्डरले कुनै पनि काम गर्नु जसले ब्याटरको ध्यान विचलित हुन्छ वा फिल्डरले बलिङ गर्नु अघि उसको फिल्डिङ स्थिति परिवर्तन गरेमा यो नियम लागु हुने बताइएको छ ।

वास्तवमा आईसीसीले गत वर्ष टी-२० र एकदिवसीयको प्लेइङ कन्डिसनमा केही परिवर्तन गरेको थियो । जुन अक्टोबर १, २०२२ देखि लागू भएको थियो । यी नियमहरू अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग हुन थाले । तर यो नियम आईपीएलमा पहिलो पटक लागू हुनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

फनफनीमा आर्यन अधिकारी अनुबन्धित प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु