ताजा अपडेट »

संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण

विहीबार, १६ चैत्र २०७९, २२ : ३५
39 Shares

पाल्पा । सामाजिक स्राेत विकास केन्द्र- नेपाल, पाल्पाले आफ्ना स्थानीय स्राेत ब्यक्ति र युवा स्वयम् सेवकहरुका लागि संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि एक दिवसीय पुनर्ताजगी अनुशिक्षण कार्यक्रम  तानसेन पाल्पामा विहिवार सम्पन्न गरेकाे छ । उक्त  अनुशिक्षणमा लेखक तथा साहित्यकार दलबहादुर गुरुङले संघर्ष तथा सफलता कथा लेखनकाे आवश्यकता, ओैचित्य,  कच्चा सामग्री संकलनका विधि,प्रक्रिया  र लेखन शैली एवम् सम्पादन सम्बन्धि विषयवस्तुमा सहजीकरण गरेका थिए ।

तालिमपछि सहभागीहरुका तर्फबाट मानबहादुर कुमाल, सबिना भट्टराई, सिर्जना गैरे, अनिषा काेईराला, सुबिना गाहा, अभिषेक विक, सुनिता बराल लगायतले आफूहरुलाई संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि आवश्यक ज्ञान, सीप प्राप्त हुन सकेकाे बताए ।  प्राप्त ज्ञान तथा सीपलाई  उनीहरुले आफ्ना कार्यक्षेत्रमा सक्दाेरुपमा प्रयाेग गरिने प्रतिवद्वता जाहेर गरेका छन् ।

संस्थाकातर्फबाट कार्यकारी निर्देशक चाेपलाल गिरी, सहजकर्ता पीताम्बर बस्यालले संस्थाकाे कार्यक्षेत्रमा कर्तव्यनिष्ठ एवम् संघर्षशील ब्यक्ति, समूह र संस्थाहरु रहेकाले उनीहरुकाे संघर्ष एवम् सफलताका कथा लेख्न सकिएमा उदाहरणीय कामकाे प्रचारप्रसार हुने र सबैले सिकाे गर्न लायक हुने बताए । समुदायमा रहेका गुमनाम ब्यक्ति,समूह र संस्थाहरुलाई सबैकाबीच चिनारी गराउन समेत संघर्ष तथा सफलताका कथा लेखन तालिम अपरिहार्य रहेकाे उनीहरुले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।