ताजा अपडेट »

लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ

विहीबार, १६ चैत्र २०७९, १८ : ४०
65 Shares

बुटवल । सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो, संसद्मा प्रस्तुत कानुनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगी हुने गरी हरेक सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । निर्वाचनका बेला कार्यकर्ताको विश्वास राख्ने नेताहरुले नै यति महत्वपूर्ण जिम्मेवारीका लागि सांसदले परिवारका सदस्यलाई मात्र उपयुक्त मानेर नियुक्ति दिएका छन् ।

ग्लोबल आवाजलाई प्राप्त जानकारी अनुसार लुम्बिनी प्रदेशका कम्तीमा २० सांसदले श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज, काका , बहिनीलाई स्वकीय सचिव बनाएर नायब शुब्बास्तरको तलब राज्य कोषबाट खुवाइसकेका छन् । ८७ सदस्यीय प्रदेशसभामा ८ जना सांसदहरुले भने अहिलेसम्म स्वकीय सचिव नियुक्त गरेका छैन् । लुम्बिनी प्रदेशसभाको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ अनुसार सांसदका स्वकीय सचिवले नायब सुब्बाको बराबरको ३४ हजार ७७० रुपैयाँ तलब पाउँछन् ।

स्वकीय सचिवका रूपमा आफन्त नियुक्त गर्नेमा एमालेका ७, कांग्रेसका ५, माओवादीका ३, जनमत पार्टीका २, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादीका १/१ जना सांसद छन् । आफन्तसहित सबै स्वकीय सचिवका नाममा संसद् सचिवालयबाट तलब समेत गइसकेको छ ।

आफन्तलाई नियुक्त गर्नै नहुने भन्ने छैन । विषय विज्ञता, योग्यता र क्षमताका आधारमा जोकोही पनि सांसदको स्वकीय सचिव बन्न पाउँछ । तर, सांसदहरुले आफ्न्तलाई नियुक्त गरेर कुनै काम नै नगरी राज्य कोषको दुरुपयोग गरेका छन् । केही सांसदले राखेका नातेदार स्वकीय सचीव काठमाडौमा बसेर अध्ययन गर्ने गरेका छन । तर, उनीहरुले कुनै काम नै नगरी प्रदेशसभाबाट नायब सुब्बा बराबरको तलब खाएका छन् । आफ्न्तलाई स्वकीय सचिवमा राखे पनि निर्वाचन क्षेत्रमा काम गर्ने गरी राख्नुलाई अन्यथा मान सकिदैँन् । तर, केही सांसदहरुले आफ्न्त स्वकीय सचिव राखेर बिना काम राज्य कोषको रकम दोहन गरेका छन् ।

रुपन्देहीकि शान्ति लोधले छोरा रामचन्द्र लोध, भगवती कुमारी चौधरीले छोरी पुजा केवट, देवीप्रसाद चौधरीले श्रीमति मिना चौधरी, र भोजप्रसाद श्रेष्ठले भतिज किशोर श्रेष्ठ, सिके गुप्ताले भाइ पवन गुप्ता र गिता गुरुङले भान्जा अर्जुन गुरुङलाई स्वकीय सचिवमा राखेका छन् ।

यस्तै बाँकेकी सांसद अम्बिका काफ्लेले आफ्नी दिदी विना काफ्लेलाई स्वकीय सचिव राखेकी छिन् । बाँकेकै शुशिला वादीले आफ्ना श्रीमान्लाई राखेकी छिन् । बर्दियाका सांसद राजकुमार चौधरीले काका हलिराम चौधरी र कृष्णा कुशमा थारुले भजित जितेन्द्र थारुलाई स्वकीय सचिवमा राखेका छन् । नेकपा माओवादीका संसदीय दलका नेता जोखबहादुर महराले आफ्नो भजित लुङबहादुर महरालाई स्वकीय सचिवमा राखेका छन् भने रुकुमकी दिलकुमारी बुढाले भदैनी (दाईकी छोरी) लाई राखेकी छिन् ।

दाङका अनुराग खड्काले भतिज प्रशान्त खड्का, रेखा कुमारी शर्माले छोरी निरा शर्मा र प्युठानका सरोज थापाले श्रीमति उपमा केसीलाई स्वकीय सचिव राखेका छन् । कपिलबस्तुका अजुर्न कुमार केसीले श्रीमति सरला केसी, मधुसुदन हरण चौधरी कुर्मीले राजेश कुर्मी र नवलपरासी पश्च्मिका विश्वप्रेम पाठकले छारी शान्ति पाठकलाई स्वकीय सचिवमा राखेका छन् । यस्तै अर्घाखाँचीका रामजी घिमिरेले स्वकीय सचिवको रुपमा आफ्ना छोरा शिसिर घिमिरेलाई नियुक्त गरेका छन् ।

नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलले परिवारको सदस्य नै राखे काम गर्ने र राजनीतिमा क्रियाशिल रहेकोलाई राख्न आग्रह गरेको बताउँछन् । ‘सासंदहरुको धेरै काम हुन्छ । त्यसकारण स्वकीय सचिव राख्नु परेको हो । परिवारका सदस्य नै राखे पनि तलब राखे मात्रै त राख्नु भएन् । काम गर्ने राखे जसलाई राखे नि भयो । अहिले पार्टीको कार्यक्रममा धेरै व्यस्त भएकाले यस बारे छलफल भएको छैन् । तबल खाने काम नगर्नेलाई राख्नु भएको भएँ । पार्टीले हटाउन निर्देशन दिन्छ ।’–उनले भने ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिहं पुनले स्वकीय सचिव कसलाई राख्ने भने अधिकार सांसदहरु भएको र जसलाई राखे पनि कामै नगरी सेवा सुविधा लिन नहुने बताउँछन् । ‘स्वकीय सचिवमा आफ्न्त राख्नै नहुने भन्ने त होइन् । जुन उद्देश्यका लागि राज्यले सांसदलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छ त्यो गर्ने व्यवस्था भित्र रहेर काम जसलाई पनि राख्न त पाइन्छ । सो उदेश्य भन्दा बाहिर भए पार्टीले हटाउन निर्देशन दिन्छ ।’–उनले भने।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले पनि पारिवारको सदस्य राखे पनि राजनीतिमै सक्रिय भएकोलाई राख्नु पर्ने बताउँछन् । ‘सार्वजनिक पदमा रहेपछि सांसहरु स्वयम् जिम्मेवार र नैतिकतामा रहनु पर्छ । कामै नगरी सेवा सुविधा लिने गरी स्वकीय सचिव राखेको भेटिए । उहाँहरुलाई पार्टीले ध्यानाकर्षण गराउँछ ।’–उनले भने ।

यस्तो लुम्बिनी प्रदेशका सांसदका स्वकीय सचीवको विवरण हेरौं

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।