ताजा अपडेट »

६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ

बुधबार, १५ चैत्र २०७९, १९ : ४४
18 Shares

बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाकाले ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका २ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही कोटहीमाई गाउँपालिका–२ का १८ वर्षीय किसमोहन लोध र गैडहवा गाउँपालिका–६ का महताम लोध रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पाल्पाको तानसेन नगरपालिका–६ स्थित खानेपान िट्याङ्की निर्माणको काम गएका उनीहरुलाई स्थानीय महिलालाई मँगलबार फागुन १४ गते घर नजिकै खोल्सामा लगी जर्बजस्ती करणी गरेको आरोपसहित पीडितकी छोरीले उजुरी दर्ता गराएकी थिइन् । घटना बारे जानकारी पाएपछि प्रहरी चौकी बर्तुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको अनुसन्धान अधिकृतसहितको टोलीले आरोपितहरुलाई तत्काल पक्राउ गरी अनुन्धान अघि बढाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।