२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध गरिएको छ।पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिक जन्य सामग्रीका कारण फोहोर बढ्दै गएको जनाउँदैपशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिकजन्य सामाग्री लैजान निषेध गरिएको हो । ‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौं,’ कोषले भनेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिना देखी हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाउँदै आएको छ । उक्त सरसफाइ अभियान शनिबार बिहान ८ देखि १० बजेसम्म चल्दै आएको र उक्त अभियानमा सहभागी हुनसमेत कोषले आग्रह गरेको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा