ताजा अपडेट »

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या

बुधबार, १५ चैत्र २०७९, ०८ : २९

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । गाउँपालिकाको वडा नम्बर २ मर्पेस निवासी ३५ वर्षका रेशम सुनारको हत्या भएको वडा अध्यक्ष मैते पुनमगरले जानकारी दिए ।

सुनारलाई उनका छोरा १८ वर्षिय शिवराज सुनार र श्रीमती वर्ष ३६ की कमला सुनारले मिलेर हत्यागरेको अध्यक्ष पुनले बताए । मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अध्यक्ष पुनले जानकरी दिए ।

हत्यामा संलग्न आमा छोरा दुवैलाई प्रहरीले पक्राउ गरी सकेको छ । सुनारको घरमा लामोसमय देखि मदिरा खाएर श्रीमान श्रीमती विचमा झगडा भईरने गरेको र मंगलबार पनि परिवारमा एक आपसमा विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा ज्यानगएको हुन सक्ने बताईएको छ । मृतको शवलाई पोस्टमार्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।