ताजा अपडेट »

जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर)

बुधबार, १५ चैत्र २०७९, ०६ : ००
32 Shares

बुटवल । ऐतिहासिक तथा पर्यटकीय स्थल बुटवलको जितगढी किल्लालाई सुन्दर बनाउने काम धमाधम चलिरहेको छ । अँग्रेज सेनालाई नेपाली सेनाले विरतापूर्वक जितेको स्थल जित गढीलाई सजाउने बहानामा निर्माण गरिएको संरचनाले भने त्यसको ऐतिहासिकता नै समाप्त पार्ने चिन्त देखिएको छ । जितगढीमा अनावश्यक कंक्रिटका संरचना निर्माण गरिएको छ । तत्कालीन अंग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्ला ऐतिहासिक सम्पदा स्थल हो । तिनाउ नदी किनारमा रहेको ऐतिहासिक सम्पदामा संरक्षणको बहानामा तयार गरिएका कंक्रिट तथा ठूला–ठूला फलामका संरचनाले गढीलाई नै ढाकिदिएको छ ।

जितगढी किल्ला नजिकै पानीका फोहोरा, पार्क, राष्ट्रिय झण्डा, सालिक निर्माण भएको छ भने जित गढीको पर्खाललाई नै छोप्नेगरी निर्माण गरिएको फलामको ठूला–ठूला पुल लगायतका संरचनाले ऐतिहासिकतलाई ओझेलमा पारेको छ । चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको जितगढी किल्ला १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिन्छ । सम्पदाको संरक्षण हुनु राम्रो भए पनि कंक्रिट निर्माणले ऐतिहासिकतामा ह्रास आउने संस्कृतिविद्हरु बताउँछन् । सुरुमा संरक्षण अभावले गौचरणको रुपमा रहेको जितगढीको स्वरुप र सुन्दरता बढे पनि अनावश्यक कंक्रिकट र संरचनाले ऐतिहासिकता फेरी धराममा पर्ने चिन्ता व्यक्त हुने थालेका छन् ।

युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि.सं. १८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले जितगढी क्षेत्रबाट विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ ।

जितगढीमा १८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग पराजित भई अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ । विरताको इतिहास बोके पनि खण्डहर बनेको किल्लाको संरक्षणको लागि वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढीको पर्खालको बीच भागको उत्तरतर्फ उत्खनन गर्दा पुरिएको पर्खालको पेटी भेटिएको थियो ।

२०५२ साल फागुन १ गते बुटवलबाट प्रकाशित भएको लुम्बिनी दैनिकले पनि जितगढी किल्लाको उत्खनन गर्दा सुरुङको सिंढी र प्रवेशद्वार फेला परेको लेखेको छ । उत्खननका क्रममा सुरुङ भित्र प्रवेशद्वारको दिवालको एक इँटामा चरा चित्र अंकित रहेको देखिएको र त्यहाँ प्राप्त इँटाको आकार ९,६,२ रहेको भेटिएको थियो । नेपाली वीर सेनाहरुले पटक–पटक अंग्रेजी साम्राज्यवादलाई परास्त गरी जितगढी नामले प्रख्यात सो ऐतिहासिक गढी–किल्ला १६÷१७ औं शताव्दीतिर सेन बंशीय पृथ्वीलाल सेन पाल्पाली राजाहरुको पालनामा निर्माण भएको अनुमान गरिएको छ ।

बुटवलको गढी/किल्लामा भएको लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, शमशेर राना मगर र जुठे बस्नेतले विरगति प्राप्त गरेका थिए ।

Victory celebration in Jitgadhi remembering defeat of British 200 years ago  – Nepal Press
डिपीआरमा परिकल्पना गरिएको जितगढी
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।