२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । राईड टु रानीमहल सिजन ३ हुने भएको छ । जिल्ला साईकिलिङ संघ रुपन्देहीको आयोजनामा राईड टु रानीमहल सिजन ३ चैत १७ र १८ गते हुने भएको हो । साईकिलिङ संघ रुपन्देहीले मंगलबार बुटवलको जितगढी किल्लामा पत्रकार सम्मेलन गरि राईड टु रानीमहल सिजन ३ को जानकारी दिएको हो ।

Advertisement

साईकल चलाऔ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौ भन्ने नाराका साथ राईड टु रानिमहल कार्यक्रम गर्न लागेको जिल्ला साईकलिङ संघ रुपन्देही अध्यक्ष पुकार थापाले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । २०७८ मा कोरोनाले रोकिएको कार्यक्रम तेस्रो सस्करण २०७९ मा गर्न लागिएको बताउदै उनले १७ गते शुक्रबार बिहान ७ बजे औपचारिक कार्यक्रम शुरु गरि ८ बजे जितगढीबाट हिड्ने बताए ।

काठमाडौ, लमजुङ, हेटौडा, धरान, बाके, दाङ, रुपन्देही लगायतका जिल्लाबाट ९५ जना साईकलिस्टहरुको सहभागीता रहने अध्यक्ष थापाले जानकारी दिए । उनले राइड टु रानिमहलमा सहभागीगरुलाई ईन्ट्री फि २५ सय राखिएको बताउदै सोही रकमबाट प्रति ब्यक्ती २ लाखको दुर्घटना बिमा गरिएको पनि जानकारी दिए । करिब १२० किलोमिटर लामो कार्यक्रम सञ्चालन गर्न साढे ५ लाख खर्च अनुमान गरिएको अध्यक्ष थापाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद बिकास परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले खेल, स्वास्थ्य र पर्यटन संग जोडिएको बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । उनले यो वर्ष छोटो समयमा जानकारी पाएको बताउदै अर्को वर्ष देखि प्रदेशको तर्फबाट आर्थिक सहयोगका लागि पहल गर्ने बताए । उनले शुरक्षाको बारेमा ध्यान दिन आग्रह गरे ।

जिल्ला खेलकुद बिकास समिति रुपन्देही अध्यक्ष हरि क्षेत्रीले पर्यटनसंग जोडेर हुन लागेको कार्यक्रम सफल बनाउन आवश्यक रहेको बताए । उनले वार्षिक रुपमा योजना ल्याएमा कार्यक्रमको लागि बजेटको ब्यवस्थापन गर्न सकिने बताए ।

राईड टु रानिमहलमा पुष्कर शाह विश्व साइकलयात्री प्रमुख आकर्षकको रुपमा रहेको कार्यक्रम सम्योजक रिन्जी थापाले जानकारी दिइन । कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल, साईकलिङ संघ रुपन्देही रुपन्देही सचिव अशोक राई लगायतले बोलेका थिए ।

पत्रकार सम्मेलनमा टिसर्ट सार्वजनिक समेत गरिएको थियो । प्रदेश खेलकुद बिकास परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई, जिल्ला खेलकुद बिकास समिति रुपन्देही अध्यक्ष हरि क्षेत्री, साईकलिङ संघ रुपन्देही अध्यक्ष पुकार थापा, रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल, साईकलिङ संघ रुपन्देही रुपन्देही सचिव अशोक राई, कार्यक्रम सम्योजक रिन्जी थापाले संयुक्त रुपमा टिसर्ट सार्वजनिक गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो अन्तरिक्षवाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री