ताजा अपडेट »

मन्त्री परिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

मंगलबार, १४ चैत्र २०७९, ०६ : ३७
60 Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्ने भएकोछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन ।

आज बस्ने बैठकमा मुख्यतः मन्त्रीपरिषद विस्तारका वारेमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी ब्यवस्थापन गर्ने ? भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।