ताजा अपडेट »

कपिलवस्तुमा बुबाको हत्या आराेपमा छाेरा पक्राउ

आइतबार, १२ चैत्र २०७९, १७ : १८
4 Shares
आइतबार, १२ चैत्र २०७९
4 Shares

कपिलवस्तु। आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आराेपमा बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीलाई प्रहरीले पक्राउ गरेको छ । 

जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।