ताजा अपडेट »

संसद बैठक सुरु, कोशी प्रदेशमा भएको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण

आइतबार, १२ चैत्र २०७९, १३ : ३८
29 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।बैठक सुरु भएलगत्तै सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताए । आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उनले कोशी प्रदेशमा भइरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गरे । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।