ताजा अपडेट »

लुम्बिनीका माओवादी मन्त्रीहरुले दिए राजीनामा

आइतबार, १२ चैत्र २०७९, १२ : ५२
28 Shares

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रमा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

‘ पार्टीका सबै मन्त्रीहरुले राजीनामा दिइसक्नु भएको छ । अब सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिन जाँदै छौँ ।’– उनले भने ।माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।