२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नपालिकाले नगद राशीसहित सम्मानगरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई जनही ५० हजार नगद राशीसहित सम्मान गरेको हो ।

Advertisement

आइसीसी विश्वक लिग-२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू-१९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरिएको हो । दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनीयर टोलीले विश्व कप छनोट खेल्न पाउने भएको छ भने यू-१९ का क्याप्टेन खनालले टिमलाई जित दिलाउँदै सन् २०२४ मा श्रीलंकमा हुने यू-१९ विश्वकपका लागि छनोट गराउन सफल भएका छन् । 

खेलाडीहरुलाई तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, उप प्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्र सहित नगद पुरस्कारले सम्मान गरे ।  खेलाडीहरुलाई नगरपालिकाले जनही ५० हजार नगद राशीले सम्मान गरेको हो ।

खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख खाणले तिलोत्तमालाई क्रकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे । खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय बिकासमा समेत टेवा पुग्ने उनले बताए । आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकूदको क्षेत्रमा लगानी गरेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै तिलोत्तमा र सिङ्गो मुलुकलाई पहिचान दिलाउन सकेको भन्दै सम्मानित खेलाडीहरुलाई उनले बधाईसहित शुभकामना व्यक्त गरे ।  

यसैगरी नगर उपप्रमुख चौधरीले खेलाडीहरुले नेपालको पहिचानसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको उल्लेख गरिन् । सम्मानित खेलाडीहरुलाई बधाई दिँदै उनले जसरी उदयीमान बनेका छन् त्यसैगरी उदाईरहन शुभकामना दिइन् । खेलाडी उत्पादनका लागि तिलोत्तमा नगरपालिकाले आवश्यक पहल जारी राखेको बताउँदै चौधरीले खेलकै माध्यमबाट तिलोत्तमालाई परिचित गराउन पाउनु खुशीको कुरा भएको उल्लेख गरिन् ।

सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको उल्लेख गरे । नगरपालिकाले आफूहरुलाई सम्मान गरेर तिलोत्तमामा थप नयाँ र प्रतिभावना खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा