ताजा अपडेट »

तिलोत्तमाका भूमिहिन परिवारलाई जग्गाधनी पूर्जा वितरण

शुक्रबार, १० चैत्र २०७९, १४ : १७
32 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालि–१४ मा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । तिलोत्तमा–१४ स्थित विन्दुनगरमा शुक्रबार विन्दुनगर गाइघाट टोल विकास संस्थाले आयोजना गरेको एक कार्यक्रमका बीच १२ भर परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।

सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमाभित्र रहेका सम्पूर्ण भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत नगरपालिकासँग रहेको बताउदै बाँकी रहेका भुमीहिनहरुलाई पनि क्रमिक रुपमा लालपुुर्जा बितरण गरीने जानकारी दिए । उनले आफ्नो कार्यकालमा सबैलाई हातहातमा लालपूर्जा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे अनुसार लालपुर्जा बितरण र त्यसपछि पुर्ननापीको काम पनि सुुरु गर्ने बताए । उनले भने, ‘हाम्रो कार्यकालमा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा उपलब्ध गराउन प्रतिवद्ध छौं । प्रतिबद्धतालाई पूरा गछौ ।’ नगरप्रमुख खाँणले सबैको साझा प्रयासले तिलोत्तमाको विकास र समस्या समाधान गर्न सकिने बताए । तिलोत्तमाको विकासका लागि नागरिकले साथ दिएको उनको भनाइ थियो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष आश्विन पौडेलले सरकारले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्न आयोग बनाएर अघि बढेको बताए । उनले नगरपालिकाको सक्रियताले १२ जनालाई लालपूर्जा वितरण गर्न सफल भएको बताएउँदै वडामा रहेका अन्य भूमिहिनलाई पनि छिट्टै लालपुर्जा दिने बताए । यो वडामा एक सयको हाराहारीमा शुकुम्वासी रहेको उल्लेख गर्दै उनले नापजाँचको काम सकीएको र अब प्रक्रिया पूरा गरेर पुर्जा दिईने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।