२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको व्यस्तता बढेको छ । हरेक दिनजसो निर्देशन र अनुगमनका तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक हुने गरेका छन् ।

Advertisement

यसैबीच आज शुक्रबार मात्रै उनले अनुगमन गरेका एक दर्जन स्थानका तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । दैनिक जसो बैठक तथा छलफल र निर्देशन दिएका समाचारहरु त सार्वजनिक भएका छन् नै त्यसैगरी छिन–छिनका गतिविधिलाई उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक समेत गर्ने गरेका छन् ।

सार्वजनिक भएका उक्त तस्विरहरुमा आउने टिप्पणीहरुमा कार्य सफलताको शुभकामनासँगै कार्यान्वयन हुनेमा समेत आशंका व्यक्त गरिएका छन् । नगर प्रमुख पाण्डेयले सार्वजनिक गरेका तस्विरहरुमा अधिकांशले सकारात्मक र सफलताको शुभकामना व्यक्त गरेका छन् भने केहीले असन्तुष्टी पनि जनाएका छन् ।

नगर प्रमुख पाण्डेले शुक्रबार सार्वजनिक गरेका पहिलो तस्विरहरुमा टिप्पणी गर्दै फेसबुक प्रयोग कर्ता अर्जुन भण्डारी (एएसबी)ले लेखेका छन् ‘अवलोकन त मेयर भाको दिन बाटै भैरहेको छ मेयर ज्यु । काम हुन त्यस्तै भैरहेको छ । उपमहानगरपालिकाको दबाब भैरहेको भए आजसम्म यति धुलो धुँवामा बुटवल बासी बस्न पर्थिएन होला ।’ उनले अघि लेखेका छन्, ‘छिमेकी नगरपालिकाको काम हेरेर पनि अनुमान लगाउन सकिन्छ । बुटवल कसरी बन्दै छ । कहिलेसम्म बन्नी हो हाम्रो पुस्तालाई थाहा होला जस्तो लाग्दैन । बल्ल त ७/८ वर्ष भो अबको १० वर्षमा त बन्ला भन्नी लाग्छ मलाई ।’ सोही स्टाटसमा लेख कार्कीले लेखेका छन्–‘हेरेको त धेरै भो नि मेयर ज्यू ।’ यसैगरी उत्तम भुसालले लेखेका छन् –‘५ वर्ष कार्यकालमा त सकिएला के रे । ५ वर्ष अवधिको खेलो बुटवलको बाटो होला जस्तो छ मेयर साबको ।’

राजेन्द्र गौतमले भने प्रशंसा गर्दै भनेका छन्–‘काम होस त तेस्तो द्रुत गतिले होस धन्यवाद छ मेयर ज्यु । अझै भित्री गाउँ–गाउँको विकास तिर पनि ध्यानलाई केन्द्रीत गर्नुहोला धन्यवाद ।’ यसैगरी सागर पन्थीले लेखेका छन्–बुटवलमा धुलो र धुँवा अनि दुर्गन्ध कतै कहिल्यै नहोस् । हरियाली फुलबारी बाटोभरी होस दाइको अभियान सफल होस ।’

नगर प्रमुख पाण्डेयले शुक्रबार बुटवलभित्रका मुख्यमुख्य योजनाहरुको अनुगमन गर्दै वर्षाअघि नै सबै योजनाहरुको काम सम्पन्न गर्न निर्देशन दिएका छन् । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने संघ, प्रदेश र बुटवल उपमहानगरपालिकाको लगानीमा निर्माणाधीन योजनाहरुको नगर प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीसहित बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको हो ।

बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको सडक क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र, योगीकुटीदेखि रानीगञ्जसम्मका सडक, अभियान पथको पर्खाल र निर्माणाधीन योजनाहरुको अनुगमन गदै प्रमुख पाण्डेयले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई सचेत गराएका छन् । उनले निर्माण शुरु गरेर निर्माण गर्नुपर्ने अवधिभित्र पूरा गर्नेलाई पुरस्कृत गर्ने र समयमा निर्माण पूरा नगर्ने कम्पनीलाई दण्डित गरिने बताएका छन् ।

नगरप्रमुख पाण्डेयले बुटवलभित्र निर्माण हुने संरचनाको काम समयमै सम्पन्न गर्नका लागि संघ र प्रदेशलाई समेत ताकेता गर्न आग्रह गर्ने र समयमा पूरा हुनसक्ने गरी बजेट विनियोजन भएका योजनाहरु समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिश गर्ने बताए ।

नदीजन्य पदार्थको चोरीनिकासी रोक्न अनुगमन
बुटवल उपमहानगरपालिकाको टोलीले तिनाउ नदीकिनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका लागि नियमित अनुगमन गर्न टोली खटाएको छ । बुटवलतर्फको नदीकिनार क्षेत्रबाट चोरीनिकासी बढेको पाइएको र सीमावर्ती स्थानीय तहहरुमा निर्माण भइरहेका संरचना र निर्माण कम्पनीहरुको समेत निगरानी गर्ने र स्थानीय तहहरुसँग छलफल गरेर नियमनमा ल्याउने बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

उनले नदीजन्य पदार्थको चोरीनिकासी रोक्ने र आगामी वर्षामा बाढी र कटान रोक्नका लागि सुरक्षित बनाउने गरी काम गर्न योजना महाशाखा र विपद् शाखालाई निर्देशन दिए । प्रमुख पाण्डेयले नगरप्रहरीसहितको टोलीले नियमित रुपमा निगरानी गर्ने र चोरीनिकासी रोक्नका लागि स्थानीयको समेत साथ आवश्यक रहने बताए । उनले जिल्ला र नगरको सुरक्षानिकायलाई समेत चोरीनिकासमा थप संवेदनशील बन्नका लागि आग्रह गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

फनफनीमा आर्यन अधिकारी अनुबन्धित प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु