Jun 9, 2023
नवलपुर। पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।देवचुलीमा रहेको महाराजा सामुदायिक वनमा घाँस काट्न हिँडेकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीया दरिमा थापामगरलाई बुधबार दिउँसो २ बजेतिर गैँडाले आक्रमण गरेको देवचुली–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरले जानकारी दिए ।
अध्यक्ष घर्तीका अनुसार थापालाई पृथ्वीनगर खेल मैदान नजिकै रहेको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गरेको थियो। गैँडाको आक्रमणबाट घाइते भएकी थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडाअध्यक्ष घर्तीमगरले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्