२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले स्वास्थ्य जन्य फोहरमैला व्यवस्थापन गरेर मासिक ४० हजार आम्दानी गर्दै आएको छ । उचित व्यवस्थापन हुन नसके मानव स्वास्थ्यमा गम्भिर असर पार्ने स्वास्थ्य जन्य फोहरमैला व्यवस्थापन गरेर मासिक ३५ देखि ४० हजार आम्दानी गर्दै आइरहेको प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले बताए । उनका अनुसार आम्दानी रकम प्रतिष्ठानले फोहोरमैला व्यवस्थापनमा खर्च गर्ने गरेको छ ।

डेढ वर्षदेखि प्रतिष्ठानले छुट्टै इकाई नै स्थापना गरी अत्याधुनिक प्रशोधन गर्ने उपकरण मार्फत फोहरलाई अलग अलग गरी निर्मूलीकरण गर्ने काम गरिरहेको र उक्त फोहरबाट आम्दानी समेत भइरहेको उनको भनाइ छ । बुधवार स्वास्थ्य जन्य फोहर मैला व्यवस्थापनमा भइरहेको प्रगतिबारे जानकारी दिन प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यमान स्वास्थ्य मापदण्डलाई पालना गरेर प्रतिष्ठानले गुणस्तरीय सेवा दिइरहेको जानकारी गराइएको थियो । सेवा प्रवाहका क्रममा उत्पादन हुने फोहर संकलन गरी त्यसको उचित व्यवस्थापन गर्न प्रतिष्ठानले योजनावद्ध ढंगले काम गरिरहेको समेत जनाएको छ ।

प्रतिष्ठानका निमित्त उपकुलपति एवम् शिक्षाध्यक्ष डा. बसन्त लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य जन्य फोहर मैला व्यवस्थापनमा भइरहेको कार्यबारे प्रतिष्ठानका डेपुटी रजिष्ट्रार लामिछानेले प्रकाश पारेका थिए । नेपाल सरकार र GIZ को प्राविधिक सहयोगमा भइरहेको स्वास्थ्यजन्य फोहर मैला व्यवस्थापन कार्यक्रममा भइरहेको प्रगतिका बारेमा West Service का CEO सन्तोष पौडेलका साथै सो सर्भिसका दिपेन्द्र उप्रेती, फिल्ड कोअर्डिनेटर केशव खड्काले कार्य प्रगति बारे प्रकाश पारेका थिए । कार्यक्रममा एकीकृत स्वास्थ्य फोहरमैला प्रवर्द्धनको अवस्था, नेपालमा फोहर व्यवस्थापनका विषयमा भइरहेका अभ्यास, स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा निस्कने फोहर, त्यसको जोखिम र व्यवस्थापनमा गर्नुपर्ने उपायका विषयमा छलफल गरिएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन