ताजा अपडेट »

वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा

विहीबार, ०९ चैत्र २०७९, ०७ : १९
16 Shares

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्षसहित वडा सचिव घुसकाृ रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले जनकपुरधाम–११ का वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको टोलीले वडाध्यक्ष चौधरी र वडासचिव रायलाई जानकी मन्दिर नजिकै रहेको रोहन होटेलबाट ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । सो वडाका एक सेवाग्राहीसँग जग्गा दर्ता कायम गर्न सरजमिनका लागि भन्दै मागेको ५० हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको बर्दिवासबाट खटेको टोलीले दुवै जनालाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका वडा अध्यक्षा र वडा सचिव माथी थप अनुसन्धान र कारबाहीका लागि हिरासतमा राखिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।