२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई दुई महिनामा दुई पटक विश्वासको मत लिने भाग्यमानी प्रधानमन्त्री भन्दै व्यङ्ग्य गरेका छन् । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै लिङदेनले प्रधानमन्त्रीले बीचैमा बाटो मोडेकाले आफूहरूलाई त्यो रात गाह्रो भएको बताए ।

‘विश्वासको मतबारे जुहारी चलाउने मन छैन, भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ उहाँ । दुई महिनामा दुई पटक विश्वासको मत लिने प्रधानमन्त्री हुनुभयो’, लिङ्देनले भने, ‘तपाईँले धोका दिनुभयो । तर अब वैशाख १५, २० गते यस्तै दिन नआओस् ।’  उनले प्रधानमन्त्री प्रचण्डलाई धेरै गाडी फेर्ने ड्राइभरको संज्ञा दिँदै आफूहरू केही थान मन्त्रीका लागि मात्र नभएर निश्चित मुद्दा लिएर सरकारमा गएपनि प्रधानमन्त्रीले नै बाटो फेरेको सरकारबाट बाहिरिनुपरेको बताए । 

‘ड्राइभर अनुभवी भनेर आएपछि लाइसेन्स भएको मान्छेलाई हाइड्रोजन गाडी दिएको तर पुरानै गाडी चलाउँछु भनेर हाम फालेपछि के गर्नु ?’, लिङदेनले भने, राप्रपासँग गाडी पनि भएको, लाइसेन्स पनि भएको तर सिट नै नभएको बताए । उनले यही अवस्थामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसक्ने पनि बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा