१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा शनिबारदेखि सुरु २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उद्घाटन खेलमा सुदूरपश्चिम जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ । बुटवल-११ देविनगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा उसले रुपन्देही-११ लाई ३-१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भएको हो ।

Advertisement

सुदूरपश्चिमका लागि जर्सी नम्बर-११ का फागुराम थारुको दुई तथा जर्सी नम्बर-१९ का स्वाम्या हार्दिकले गोल गरेका हुन् । खेलको सुरुवातदेखिनै रुपन्देहीमाथि हाबी देखिएको सुदुर पश्चिमका लागि पहिलो हाफको ३१ औं मिनेटमा  जर्सी नम्बर ११ का फागु चौधरीले करिब ३० यार्ड टाढाबाट फ्री किक प्रहार गर्दै सोझै जाली चुमाएका थिए ।

१-० अंकसँगै पहिलो हाफ सकिएको थियो । दोस्रो हाफको सुरुवाती मिनेटमै प्राप्त फ्रीकिकलाई सदुपयोग गर्दै सुदूर पश्चिमका स्वाम्या हार्दिकले बललाई जाली चुमाउँदै अग्रतालाई दोब्ब बनाएका थिए । यसैगरि खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गर्दै निरन्तर गोलको अवसर सिर्जना गरिरहेका जर्सी नम्बर ११ का थारुले दोस्रो हाफको २३ औं मिनेटमा थप एक गोल गर्दै टिमलाई ३-० को अग्रतामा पुर्याएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयको अन्तिम समयमा रुपन्देहीले सान्त्वना गोल गर्न सफल भएको थियो । सुदूरपश्चिमको डी एरिया भित्र फौल भएपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रुपन्देहीका जर्सी नम्बर ७ का फोडे फोफोनाले गोल गरेका हुन् । प्रतियोगितामा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ दी म्याच घोषित भए ।

भोलि आइतबारको खेल हिमालयन शेर्पा र थ्री सटारका बीच हुने छ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा